फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

होली-洒红节

(GMT+08:00) 2016-03-25 16:14:10


यस हप्ताको चर्चित शब्द होलीसँग सम्बन्धित रहेको छ। होली चाड नेपालको सबैभन्दा रमाइलो चाडहरुमध्येको एक हो ।

यो नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । यो चाड वसन्त ऋतुमा फाल्गुनको महिनामा मनाइन्छ। होली रङ्गहरूको चाड हो ।

होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन्। चिनियाँ पर्यटकहरु पनि यो चाड पर्व एकदमै मन पराउँछन।

होली चाड चिनियाँ भाषामा भनेको सा हुँ च्ये । सा भनेको छ्याप्ने । हुँ भनेको रातो हो । यहाँ रातो सबै रँगको प्रतिनिधित्व गर्ने छ। अनि च्ये भनेको चाठ पर्व हो। त्यसैले होली चिनियाँ भाषामा भनेको सा हुँ च्यै ।

 

जानकारी तथा लेखहरु