फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वार्तामार्फत दक्षिण चीन सागर सम्बन्धी विवादको समाधान खोज्न चीनको आग्रह

(GMT+08:00) 2016-03-25 18:10:18

        पोआउ एशियाली मञ्च 2016 को वार्षिक सम्मेलन अन्तर्गत दक्षिण चीन सागर मञ्च अन्तर्राष्ट्रिय गोष्ठी आज मार्च पच्चिस तारिख हाइनानको पोआउमा शुरु भयो। दशभन्दा बढी मुलुक र क्षेत्रका लगभग एक सय विद्बानहरु यो गोष्ठीमा सहभागी हुनुभएको छ। चीनक उप परराष्ट्र मन्त्री लिउ चङ मिङ गोष्ठीको उद्घादन समारोहमा सहभागी हुनुका साथै "चीनद्बारा वार्तामार्फत दक्षिण चीन सागर सम्बन्धी विवादलाई शान्तिपूर्ण रुपमा समाधान गर्ने" विषयमा सम्बोधन गर्नुभयो।

          उप परराष्ट्र मन्त्री लिउले दक्षिण चीन सागरको शान्ति र स्थिरता नै चीनको महत्वपूर्ण हित हो भन्दै दक्षिण चीन सागर सम्बन्धी सबै मुलुकको सबैभन्दा ठूलो हित रहेको उल्लेख गर्नुभयो। उहाँले वार्तामार्फत दक्षिण चीन सागर सम्बन्धी विवादलाई शान्तिपूर्ण रुपमा समाधान गरेर विभिन्न मुलुकको इच्छा र सार्वभौमिक सम्मान प्रदर्शन गर्नु नै दक्षिण चीन सागर समस्या समाधानको मौलिक तरिका रहेको बताउनुभयो।

         गोष्ठीमा सहभागी भएका विद्बानहरुले उप मन्त्री लिउको कुरालाई स्वीकार गर्नुभएको छ। उहाँहरुले वार्तामार्फत दक्षिण चीन सागर सम्बन्धी विवादलाई शान्तिपूर्ण रुपमा समाधान गर्नु नै विभिन्न पक्षको हित अनूकुल रहेको विचार व्यक्त गरेका छन्।

जानकारी तथा लेखहरु