फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भूकम्पबारे पानी रङको चित्रकला प्रदर्शनी गरिने

(GMT+08:00) 2016-04-23 14:22:01

भूकम्पअघि र पछिको काठमाडौँमा रहेका सम्पदा क्षेत्रको अवस्थामा आधारित रहेर कलाकार हरि नेपालीले तयार गर्नुभएको चित्रकला प्रदर्शनी गरिने भएको छ। वैशाख 13 गते सोमबार काठमाडौँमा गरिने प्रदर्शनमा नेपालीले बनाउनुभएका 34 पानी रङका चित्रकला राखिने सेतोपाटी अनलाइनले लेखेको छ। काठमाडौँ, भक्तपुर, पाटन दरबार क्षेत्र तथा स्वयम्भू, बौद्धनाथ, साँखु र चाँगुनारायण क्षेत्रका सम्पदा तथा त्यस क्षेत्रका विषयवस्तु चित्रमा समेटिएका छन्।

चित्रकला प्रदर्शनीका लागि सहयोग जुटाएको हिमालयन म्याप हाउसका प्रबन्ध निर्देशक पवन शाक्यले विशेषगरी पर्यटकीय क्षेत्रका रुपमा रहेका सम्पदा क्षेत्रका बारेमा जनचेतना जगाएर यस क्षेत्रको पुनःनिर्माण कार्यमा सहयोग पुगोस् भनेर प्रदर्शनी गर्न लागिएको बताउनुभयो।

सो प्रदर्शनीमा बिक्ने पेन्टिङबाट सङ्कलित रकम माउन्टेन पीपल नामक संस्थाले दलित बस्तीमा सञ्चालन गर्ने खानेपानी आयोजनामा खर्च गरिने पनि शाक्यले बताउनुभयो।

जानकारी तथा लेखहरु