फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रधानमन्त्रीले धरहराको फेदमा पुगेर श्रद्धान्जली अर्पण

(GMT+08:00) 2016-04-24 14:37:02

प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्प गएको एक वर्ष पूरा भएको सम्झनामा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जलि अर्पण गर्नु भएको छ। प्रधानमन्त्री ओलीले आइतबार बिहान सुन्धारास्थित धरहरा पुगी दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरेर धरहराको फेदमा दिवङ्गतलाई सम्झेर पुष्पगुच्छा अर्पण गर्नुभएको राष्ट्रिय समाचार समितिले लेखेको छ।

गत वर्ष वैशाख 12 गतेको विनासकारी भूकम्पमा परी दिवङ्गत भएका नेपालीहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्न उपप्रधानमन्त्री, गृहमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी र विभिन्न सङघसंस्थाका पदाधिकारी र पर्यटन व्यवसायी धरहरा पुग्नु भएको थियो। यसअघि पर्यटन व्यवसायी र्‍यालीसहित श्रद्धाञ्जलिस्थल पुगेका थिए। आजकै दिन गत वर्ष 11 बजेर 56 मिनेट जाँदा 7.6 रेक्टर स्केलको भूकम्प र पराकम्प गरी करिब नौ हजार नेपालीको ज्यान गएको थियो। त्यसैलाई सम्झेर सरकारले सम्पूण दिगङ्गत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जति सभाको आयोजना गरेको हो।

जानकारी तथा लेखहरु