फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पुनर्निर्माणबारे अन्तर्राष्ट्रिय सम्मेलन

(GMT+08:00) 2016-04-24 14:38:33

वैशाख 12 को भूकम्पको सम्झनामा तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ। भूकम्प इन्जिनियरिङ तथा विपतपछि पुनर्निर्माण योजनामा छलफल गर्न ख्वप कलेजले अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको नागरिक अनलाइनले लेखेको छ।

ख्वप इन्जिनियरिङ कलेज (पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धनप्राप्त) र ख्वप कलेज अफ इन्जिनियरिङ (त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त) ले वैशाख 12–14 आयोजना गरेको सम्मेलनमा विभिन्न देशका विज्ञ सहभागी हुँदैछन्। सम्मेलनमा विपतपछि पुनर्निर्माणबारे सम्पन्न भएका शोध र अनुसन्धानबारे अन्तरक्रिया गरी नेपाल सुहाउँदो विकल्प पहिल्याउने आयोजकले जानकारी दिएको छ। सम्मेलनमा नेपाललगायत 15 राष्ट्रका सहभागी हुनेछन्। आयोजकका अनुसार सम्मेलनमा 62 वटा शोधपत्र प्रस्तुत हुनेछन्। सम्मेलनमा कलेजका विद्यार्थीले गरेका अध्ययन–अनुसन्धानका सोधपत्र, सामग्रीसमेत प्रस्तुत हुनेछन्।

वैशाख 12 गतेको भूकम्पले पुर्‍याएको क्षति र त्यसपछिको पुनर्निर्माणबारे सर्वसाधारणलाई सचेत र शिक्षित गर्न सम्मेलन आयोजना गरिएको ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन मास्केले जानकारी दिनुभयो। सम्मेलनको अन्तिम सहभागी र अतिथिलाई भूकम्पबाट क्षतिग्रस्त भक्तपुर नगरको स्थल र पुरातात्विक महत्वका सम्पदाको अध्ययन भ्रमण राखिएको उहाँले जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु