फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

युरोपेली सङ्घले नेपालको भूकम्प पुनर्निर्माणका लागि 11 अर्ब 68 करोड 50 लाख रूपैयाँ अनुदान सहयोग दिने

(GMT+08:00) 2016-04-25 15:33:20

युरोपेली सङ्घ (इयु)ले भूकम्पपछिको पुनःस्थापना तथा पुनर्निर्माणका लागि नेपाललाई 11 अर्ब 68 करोड 50 लाख रूपैयाँ अनुदान सहयोग उपलब्ध गराउने भएको छ । इयुले सरकारलाई 11 अर्ब नौ करोड 50 लाख रूपैयाँ 'बजेटरी' सहयोग तथा 59 करोड रूपैयाँ प्राविधिक सहयोग गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भयो ।

अर्थ मन्त्रालयमा अइतबार भएको कार्यक्रममा नेपालका लागि इयुको प्रतिनिधिमण्डलका राजदूत रिन्चे टिरिङ र मन्त्रालयका सचिव लोकदर्शन रेग्मीले सो सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभयो। नेपालको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन गत वर्ष भएको अन्तर्राष्ट्रिय सम्मेलनमा इयुले उक्त रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको थियो ।

प्राविधिक सहायता अन्तर्गत उपलब्ध हुने रकम सार्वजनिक वित्त व्यवस्थापन, पारदर्शिता र जवाफदेहिता सुदृढ गर्न उपयोग गरिनेछ। सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी काम आगामी सात वर्षसम्म सञ्चालन हुनेछ।

जानकारी तथा लेखहरु