फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भूकम्पपीडितहरूका लागि घर पुनर्निर्माण गर्न अनुदान सम्झौताको प्रक्रिया सुरु

(GMT+08:00) 2016-04-25 15:36:05

सरकारले एकै पटक 3 सय 83 गाविसका भूकम्पपीडितहरूका लागि घर पुनर्निर्माण गर्न अनुदान सम्झौताको प्रक्रिया अघि बढाएको छ। विस्तृत सर्वेक्षणले पहिचान भएका पीडित (लाभग्राही) हरूको सूची प्रकाशन गर्दै अनुदान रकम वितरणका लागि प्रक्रिया अघि बढाएको हो। 3 लाख 9 सय 61 जनाको नामसहितको सूचना प्रकाशित गर्दै पहिलो किस्ता रकम वितरणको लागि प्रक्रिया अघि बढाएको हो।

पुनर्निर्माण प्राधिकरणका अनुसार उपत्यका बाहिर 11 जिल्लाका उक्त गाविसहरूमा सूची प्रकाशित गरिएको हो। स्थानीय निकायका कार्यालयहरूमा उक्त सूची प्रकाशित गरेको हो। 'सर्भेको सबै विवरण प्राप्त भई विश्लेषण गरेपछि अनुदान पाउनयोग्य अरू घरधनीको सूचना पनि क्रमश: प्रकाशित गरिने छ,' प्राधिकरणद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ।

यसअघि दोलखाको सिंगटी र 8 जिल्लाका 8 गाविसमा मात्रै अनुदान सम्झौताको प्रक्रिया अघि बढाएको थियो। यसमध्ये करिब 7 सय परिवारले मात्रै अनुदानको पहिलो किस्ता पाएका छन्। लाभग्राही सूचना प्रकाशित गरेपछि पनि समय लाग्ने भएकाले नगदै पाउन भने ढिलाइ भएको प्राधिकरणले जनाएको छ। सरकारले भूकम्पबाट पूर्ण क्षति भएको परिवारलाई 2 लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। यसमध्ये प्रक्रिया पूरा गरेपछि पहिलो किस्ताअन्तर्गत 50 हजार रुपैयाँ उपलब्ध गराउने गरेको ईकान्तिपुर अनलाईनले जनाएको छ।

उक्त रकमले घरको जग निर्माण गरिसकेपछि दोस्रो किस्ताअन्तर्गत 2 लाख रुपैयाँको 40 प्रतिशत अर्थात 80 हजार रुपैयाँ उपलब्ध गराउने तयारी हो। छाना छाउनु अगाडिको तह सम्मको कार्य सम्पन्न भएपश्चात तेस्रो तथा अन्तिम किस्ता 70 हजार रुपैयाँ पाइने व्यवस्था गरेको छ।

जानकारी तथा लेखहरु