फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालभर विनाशकारी भूकम्पको वार्षिकीमा स्मृति कार्यक्रमहरु आयोजित

(GMT+08:00) 2016-04-25 18:33:07

चौब्बीस तारिख नेपालभरी विनाशकारी भूकम्प गएको एक वर्ष पूरा भएको स्मृत्तिमा ज्यान गुमाएकाहरुको सम्झना गर्दै विविध कार्यक्रमको आयोजना गरिएको छ।

गोर्खा जिल्लाको बार्पाक नेपालको राजधानी काठमाडौंबाट 170किलोमिटर टाढा पर्दछ र अप्रिल पच्चीस तारिख गएको विनाशकारी भूकम्पको केन्द्रविन्दु पनि हो। चौब्बीस तारिख नेपालका राष्ट्रपति बिद्या देवी भण्डारीले बार्पाकमा भूकम्प स्मृत्ति पार्कको शिलान्यास समारोहमा भाग लिनुभएको छ। साथै बार्पाकमा अन्य स्मृति कार्यक्रमको पनि आयोजना गर्दै भूकम्पमा ज्यान गुमाएका 74 जना बासिन्दाप्रति शोक सात्वना पनि व्यक्त गरिएको छ।

विनाशकारी भूकम्पमा ध्वस्त पारिएको काठमाडौं उपत्यकाको परिचायक मानिने भिमसेन टावरको भग्नावशेष अगाडी उभिएर नेपालका प्रधानमन्त्री के.पी. शर्मा ओली तथा केही मन्त्रीहरुले एक मिनेटसम्म मौनधारण गर्नुका साथै पुष्पमाला चढाउनुभएको छ।

त्यस्तै साँझपख काठमाडौं उपत्यका सहित लुम्बिनी लगायतका ठाँउहरुमा सर्वसाधारणहरुले सडकमा बत्ति बालेर प्रार्थना गरेका छन्।

थाहा भए अनुसार, सन् 2015को अप्रिल पच्चीस तारिख नेपालको मध्यभागमा 8.1रेक्टर स्केलको विनाशकारी भूकम्प गएको थियो। नेपालको आधिकारिक तथ्याङ्क वमोजिम, भूकम्पमा परी 9053 जनाले ज्यान गुमाउनुका साथै लगभग 23 हजार जना घाइते भएका थिए। साथै 225 जना बेपत्ता भएका थिए। भूकम्पपीडितहरुको कूल संख्या 80 लाख पुग्दै नेपालको कूल जनसंख्याको 25प्रतिशत भएको छ। यसका अतिरिक्त, भूकम्पबाट नेपालमा प्रशस्त संरचना तथा सांस्कृतिक सम्पदा ध्वस्त पारिएको वा क्षति पुर्‍याइएको छ।

जानकारी तथा लेखहरु