![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
गत वर्षको अप्रिल पच्चीस तारिख 11 बजेर 56 मिनेटमा गएको 7.8 रेक्टर स्केलको विनाशकारी भूकम्पको सम्झना र चन्दा-सहयोग गरेका चिनियाँ सँघसंस्थालाई प्रशंसा-पत्र दिने हेतुले आज सोमबार अप्रिल पच्चीस तारिख पैचिङ् अवस्थित चीनका लागि नेपाली दूतावासले एक कार्यक्रमको आयोजना गरेको छ।
कार्यक्रमको आरम्भ चिनियाँ बौद्ध सँघका आदरणीय भिक्षुको प्रार्थनाबाट भएको थियो। त्यस लगत्तै भूकम्पमा ज्यान गुमाएकाहरूको चीर शान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरिएको थियो। उक्त कार्यक्रममा चीनका लागि नेपालका राजदूत महामहिम डा. महेशकुमार मास्केले चीन नेपालको पूर्वकालदेखि नै असल छिमेकी रहँदैआएको र हरबखत नेपाललाई सहयोग गर्न तत्पर रहेको बताउँदै चिनियाँ सरकार मात्रै नभइ चिनियाँ जनताले पनि नेपाललाई असाध्यै माया गर्नेगरेको आफ्नो सम्बोधनमा व्यक्त गर्नुभयो। साथै उहाँले क्षतिग्रस्त केही सम्पदा क्षेत्र हाल खुला गरिसकेको र चितवन, पोखरा, लुम्बिनी जस्ता पर्यटकीय तथा ऐतिहासिक शहरहरू भूकम्पबाट प्रभावित नभएको जानकारी दिँदै चिनियाँहरूलाई नेपाल भ्रमण गर्न आग्रह पनि गर्नुभयो।
साथै राजदूत मास्केले पचास हजार या सो भन्दा बढी चिनियाँ यूआन दिने व्यक्ति तथा सँघसंस्थालाई प्रशंसापत्र पनि दिनुभएको थियो। करिब दश वटा संस्थाका प्रतिनिधीको उपस्थिती पनि रहेको थियो। भूकम्पपश्चात दूतावासले हालसम्म सङ्कलन भएको रकम करिब एक करोड बयान्नब्बे लाख चिनियाँ यूआन प्रधानमन्त्री राहत कोषमा दाखिला गरेको पनि बताउनुभयो। त्यस बाहेक प्रसिद्ध अभिनेता जेकी च्यान, अभिनेत्री एमी चौलाई विषम परिस्थितीमा पनि नेपालको भ्रमण गरेबापत धन्यवाद व्यक्त गरिएको थियो। उहाँहरूको उपस्थिती भने थिएन।
कार्यक्रममा मिनिस्टर निर्मल काफ्लेले आफ्नो मन्तव्य तथा तस्वीर र व्याख्यासहित आजको नेपालको स्थितीसम्बन्धमा जानकारी दिनुभएको थियो। साथै आजको यस कार्यक्रममा साङ्गीतिक प्रस्तुती पनि रहेको थियो। नेपालका प्रसिद्ध सङ्गीतकर्मी न्ह्यु बज्राचार्य तथा गायीका आनि छोइङ डोल्मा र चिनियाँ कलाकार सान छ्याङ्ग र प्येन लिऊन्येनले आ-आफ्ना गीतसङ्गीत प्रस्तुत गरेका थिए।
उक्त विनाशकारी भूकम्पमा परी झण्डै ९ हजारको मृत्यु भएको थियो भने हजारौं घाइते भएका थिए।
अजय
सीआरआई नेपाली सेवा
नेपाली दूतावास, पैचिङ
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |