फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौं उपत्यकाका विश्व सम्पदा क्षेत्रका 4 स्मारकको पुनर्निर्माण एकसाथ आरम्भ

(GMT+08:00) 2016-04-26 16:13:53

महाभूकम्पमा क्षतिग्रस्त काठमाडौं उपत्यकाका विश्व सम्पदा क्षेत्रका 4 स्मारकको पुनर्निर्माण एकसाथ आरम्भ भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विभिन्न राजनीतिक दलका नेताले सोमबार एकै समय आरम्भ गरेका नागरिकन्यूज डट कमले जनाएको छ।

प्रधानमन्त्री ओलीले स्वयम्भूस्थित अनन्तपुर मन्दिरको पुनर्निर्माण आरम्भ गर्नुभयो भने हनुमानढोकामा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले, त्यही समयमा नै ललितपुर, पाटनस्थित मणिमण्डप पाटीको पुनर्निर्माण एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले सुभारम्भ गर्नुभयो। सरकारको तयारीअनुसार भक्तपुरमा भने फसिदेग मन्दिर (सिलु महादेव) र लायकु दरबारको प्रवेशद्वार पुनर्निर्माणको सुरुवात नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें र संस्कृतिमन्त्री आनन्दराज पोखरेलले संयुक्त रुपमा गर्नुभयो।

पुरातत्व विभागले चालू आवमा 1 सय 4 वटा स्मारक पुनर्निर्माण गर्न स्वीकृति पाएकोमा 49 वटा मठ÷मन्दिर पुनर्निर्माणका लागि टेन्डर भैसकेको जनाएको छ। त्यस्तै आगामी वर्ष सय सम्पदा पुनर्निर्माण गर्ने योजना विभागको छ। सबै सम्पदा दुईदेखि तीन वर्षभित्र निर्माण भइसक्ने पनि विभागले जनाएको छ।

विभागको प्रारम्भिक अध्ययन अनुसार महाभूकम्प प्रभावित जिल्लाका 60 भन्दा बढी पुरातात्विक सम्पदा ध्वस्त भएका छन्। भूकम्पले काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेलगायत जिल्लामा ऐतिहासिक र सांस्कृतिक सम्पदा ध्वस्त भएका थिए। 2 सय 50 भन्दा बढी स्मारकमा आंशिक क्षति भएको थियो।

जानकारी तथा लेखहरु