फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल सरकारले आउँदो आर्थिक वर्षमा सडक निर्माणलाई प्राथमिकतामा राख्ने

(GMT+08:00) 2016-04-29 16:34:53
सरकारले आगामी आर्थिक वर्षमा सडक निर्माणका लागि प्राथमिकता दिने भएको छ। अन्य मन्त्रालयको सिलिङ घट्ने संकेत देखिएको बेला भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट भने बढ्ने भएको हो । यसमा सडक निर्माणका लागि अधिकतम बजेट छुट्याउन लागिएको अन्नपूर्ण पोष्ट अनलाईनले जनाएको छ।

'चालू आर्थिक वर्षमा मन्त्रालयको 48 अर्ब बजेट भएकोमा सडक विभागलाई 38 अर्ब रुपैयाँ छुट्याएका थियौं', मन्त्रालयका सचिव अर्जुन कार्कीले भन्नुभयो, 'आगामी आर्थिक वर्षका लागि मन्त्रालयलाई 55 अर्ब रुपैयाँ छुट्याउन लागिएकोमा त्यसबाट सडक निर्माणका लागि सडक विभागलाई 46 अर्ब रुपैयाँ विनियोजनको तयारी भएको छ।'

संसद्को विकास समितिले आयोजना गरेको 'आगामी आर्थिक वर्षका लागि बजेट तथा कार्यक्रम' मा सचिव कार्कीले मन्त्रालयले हालै सार्वजनिक गरेको सडकसम्बन्धीको पाँच वर्षे रणनीतिक योजनाका लागि 15 अर्ब थप्न पहल भइरहेको जनाउनुभयो।

सडक विभागका महानिर्देशक माधव कार्कीले पनि सरकारले राष्ट्रिय गौरवका आयोजनामा पारेका मध्ये मध्यपहाडी (पुष्पलाल) राजमार्गमा अर्थ मन्त्रालयले बजेटमा कुनै पावन्दी नराखेको जानकारी दिनुभयो। सुरुङ मार्गको आवश्यकता बोध भएरै थानकोटदेखि नौबिसे निस्कने सुरुङ मार्गलाई 61 अर्ब रुपैयाँको कार्यक्रम बनाएर काम अघि बढाएको बताउनुभयो।

रेल विभागका महानिर्देशक अनन्त आचार्यले नेपालमा 90 वर्षअघिको रेलको इतिहास भए पनि आजसम्म कतै गुडाउन नसकिएको जानकारी दिनुभयो।विकास समितिका सभापति रविन्द्र अधिकारीले नेपालको विकासका लागि सबैभन्दा महत्वपूर्ण विषय नै सडक भएको बताउनुभयो।

जानकारी तथा लेखहरु