फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनसँगको आर्थिक करिडोरले ऊर्जा संकट घटाउने पाकिस्तानी मन्त्रीको विश्वास

(GMT+08:00) 2016-04-29 16:42:38

"एक पेटी एक मार्ग"को अवधारणामा "चीन-पाकिस्तान आर्थिक करिडोर"सम्बन्धी लगानी निर्माण तथा सहयोग मञ्च 28 तारिख पैचिंगमा आयोजना भएको छ। पाकिस्तानका योजना विकास तथा सुधार मन्त्री अहसान इकबालले सो मञ्चमा चीन-पाकिस्तान आर्थिक करिडोर परियोजनाको निर्माणका लागि पाकिस्तानको अठोट र विश्वास दोहोर्‍याउनुभएको छ। सो मञ्चपछि उहाँले सी.आर.आई.का पत्रकारलाई अन्तर्वार्ता दिँदै पाकिस्तानले चीन-पाकिस्तान आर्थिक करिडोर परियोजनालाई महत्व दिँदै प्रधानमन्त्री नवाज शरिफले पनि आफूमा सम्बन्धित परियोजनाको निर्माणलाई अगाडि बढाएको तथा अनुगमन गर्नुभएको कुरा बताउनुभयो।

इकबालले चीन-पाकिस्तान आर्थिक करिडोरले दुई मुलुकको आर्थिक सहयोगका लागि एक चौतर्फी प्रारुप उपलब्ध गराएको र पाकिस्तानको आर्थिक विकासका लागि पनि एक राम्रो मौका उपलब्ध गराएको कुरा बताउनुभयो।

यसका साथै उहाँले चीन-पाकिस्तान आर्थिक करिडोर दुई मुलुकका सरकारहरुको सहमति मात्र नभई दुई मुलुकका जनताको अपेक्षासित अनुकूल भएको कुरामा जोड दिनुभयो। करोडौं पाकिस्तानी सर्वसाधारण यसबाट लाभान्वित हुने, तीमध्ये पाकिस्तानीद्वारा ध्यान दिइएको ऊर्जा संकटको निकट भविश्यमा नै समाधान गरिने पनि उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु