फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अर्को महिनादेखि नेपालमा दोस्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगिता

(GMT+08:00) 2016-04-30 17:33:19
दोस्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगिता आगामी जेठ 6 गतेदेखि नेपालमा हुने भएको छ। नेपाल सितोरियो कराते डो सङ्घ, शाखा डोजो सामाखुसीको आयोजनामा राजधानीमा हुने प्रतियोगितामा नेपालसहित 6 दक्षिण एसियाली राष्ट्रको सहभागिता रहने राष्ट्रिय समाचार समितिले लेखेको छ। प्रतियोगिताको पुरुषतर्फ 15 र महिलामा 13 गरी जम्मा 18 स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा आयोजक नेपालबाट सर्वाधिक 400 तथा पाकिस्तानबाट सबैभन्दा कम 10 खेलाडीले भाग लिने छन्। त्यस्तै, भारतले 300, बङ्गलादेश र श्रीलङ्काले 15–15 तथा भुटानले 13 खेलाडी सहभागी गराउने आयोजक डोजोका प्रमुख तथा प्रतियोगिता संयोजक राजेन्द्रकुमार ओझाले जानकारी दिनुभयो।

तीनदिने प्रतियोगिताअन्तर्गतका खेल लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछन्। गत संस्करणको उपाधि नेपालले जितेको थियो।

जानकारी तथा लेखहरु