फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कानुन निर्माण गर्ने चीनको सार्वभौमसताको अमेरिकाले सम्मान गर्नुपर्ने

(GMT+08:00) 2016-04-30 17:45:08

'चीनमा विदेशी गैर-सरकारी संगठनको गतिविधि व्यवस्थापन ऐन'चीन सरकारद्वारा पारित गरिएकामा अमेरिकाको ध्यानाकर्षण भएको अमेरिकी अधिकारीले बताएका छन्। उक्त कुराबारे चर्चा गर्दै हिजो अप्रिल उनान्तीस तारिख चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुनयीङले सम्बद्ध मुलुकले चीनको कानून निर्माण गर्ने सार्वभौम अधिकारको सम्मान गर्नुपर्ने बताउनु भएको छ।

सोही दिन आयोजित नियमित पत्रकार सम्मेलनमा अमेरिकी विदेश मन्त्री जोन केरी तथा वाइटह्वाउसका सुरक्षा प्रवक्ता नेद प्राइसले गत अठाइस तारिख चिनियाँ राष्ट्रिय जन कंग्रेसबाट अनुमोदन भएको 'चीनमा विदेशी गैर-सरकारी संगठनको गतिविधि व्यवस्थापन ऐन'मा ध्यान पुर्‍याएकामा चीनले कसरी मूल्याङ्कन गर्छ भन्ने पत्रकारद्बारा सोधिएको प्रश्नको जवाफ दिँदै प्रवक्ता ह्वाले उक्त कुरा बताउनु भएको हो।

प्रवक्ता ह्वाले सो ऐन चीनमा कानूनी शासन तथा कानूनबाट देशको निर्माण गर्ने चीनको वास्तविक अवस्थासँग मेल खाएको बताउँदै सोही ऐनको निर्माणबाट चिनियाँ तथा विदेशीका विभिन्न पक्षसँग सुझाव मागिएको बताउनुभयो। प्राप्त सुझाव अनुसार केही बुँदाको संशोधन गरिसकेको पनि उहाँले जानकारी दिनुभएको छ।

जानकारी तथा लेखहरु