फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वार्ता र पारस्परिक विश्वास समस्याको समाधान गर्ने मलभूत उपाय रहेको बंगलादेशका विदेश राज्य मन्त्रीको भनाइ

(GMT+08:00) 2016-04-30 17:47:43

एशियाली पारस्परिक सहयोग तथा आत्मविश्वास निर्माण सम्मेलनको पाँचौं विदेश मन्त्रीस्तरीय सम्मेलन अप्रिल 28 तारिख पैचिंगमा शुरु भएको छ। बंगलादेशका विदेश राज्य मन्त्री एमडी शाहरियर अलाम पनि सो सम्मेलनमा उपस्थित हुनुभएको छ। सन् 2014 मा बंगलादेश एशियाली पारस्परिक सहयोग तथा आत्मविश्वास निर्माण सम्मेलनको ‌औपचारिक रुपमा सदस्य बनेपछि सो विदेश मन्त्रीस्तरीय सम्मेलनमा सहभागी भएको यो पहिलो पटक हो। अलामले वार्ता र पारस्परिक विश्वास एशियाली मुलुकहरुले सुरक्षा ससम्याको समाधान गर्नका लागि निकै महत्वपूर्ण भएको ठहर लिनुभयो।

सो विदेश मन्त्रीस्तरीय सम्मेलनको मुख्य विषयवस्तु "वार्तामार्फत सुरक्षा बढाउनु"भन्ने रहेको छ। एशियाली पारस्परिक सहयोग तथा आत्मविश्वास निर्माण सम्मेलनको अध्यक्ष-मुलुक र सो सम्मेलनको आयोजकको रुपमा चीनले विभिन्न पक्षसँग एशियाको सुरक्षाको कठिन समस्याको समाधान गर्न र क्षेत्रीय सुरक्षा सहयोग प्रारुपआदि समस्याहरुको सिर्जना गर्नका लागि समाधानको उपाय खोजेको छ। अलामले वार्ता समझदारी र सुरक्षा बढाउनका लागि निकै महत्वपूर्ण भएको ठहर लिनुभयो।

जानकारी तथा लेखहरु