फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हिन्द महासागरको सुरक्षा विभिन्न मुलुकको साझा दायित्व रहेको श्रीलंकाली विदेश मन्त्रीको भनाइ

(GMT+08:00) 2016-04-30 17:48:43

हिन्द महासागरको सुरक्षाको संरक्षण गर्नु यो क्षेत्रका विभिन्न मुलुकको संयुक्त दायित्व रहेको छ। उक्त कुरा पैचिङमा आयोजित एशियाली पारस्परिक सहयोग तथा आत्मविश्वास निर्माण सम्मेलनको पाँचौं विदेश मन्त्री स्तरिय सम्मेलनमा भाग लिनुभएको श्रीलंकाली विदेश मन्त्री मान्गाला सामारवीराले भन्नुभएको हो।

चिनियाँ अन्तर्राष्ट्रिय रेडियोसँगको विदेश मन्त्री सामारवीराले चीन र श्रीलंका बीच राम्रो विश्वास बसालिएको र चीनसँग सुरक्षित सहयोगलाई विस्तार गर्ने इच्छा श्रीलंकाले लिएको बताउनुभयो। उहाँले अन्य मुलुकसँगसँगै मिलेर सुरक्षा क्षेत्रमा हुने सहयोगको विकास गर्दै हिन्द महासागर क्षेत्रको शान्तिको संयुक्त संरक्षण गर्ने अपेक्षा पनि श्रीलंकाले गरेको व्यक्त गर्नुभएको छ।

आतंकबाद विरोधी सम्बन्धबारे चर्चा गर्दै सामारवीराले जटिल हुँदै जाने अन्तर्राष्ट्रिय आतंकबाद विरोधी परिस्थितिमा विश्वभरि आतंकबाद विरोधी सहयोग प्रारुपको निर्माण सबभन्दा राम्रो समाधान उपाय रहेको ठहर गर्नुभएको छ।

जानकारी तथा लेखहरु