फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले एशियाली नयाँ ढाँचाको सुरक्षा अवधारणाको सिर्जना गरेको पाकिस्तानी प्रधानमन्त्रीका सुरक्षा सल्लाहकारको भनाइ

(GMT+08:00) 2016-04-30 17:49:37

एशियाली पारस्परिक सहयोग तथा आत्मविश्वास निर्माण सम्मेलनको पाँचौं विदेश मन्त्रीस्तरीय सम्मेलन अप्रिल 28 तारिख पैचिंगमा सफलताका साथ आयोजना भएको छ। एशियाली पारस्परिक सहयोग तथा आत्मविश्वास निर्माण सम्मेलनका सदस्य मुलुकहरु, पर्यवेक्षक मुलुकहरु र सम्बन्धित अन्तर्राष्ट्रिय संगठनलगायतका करीब चालीस प्रतिनिधिमण्डल सो सम्मेलनमा सहभागी भएका छन्। सो सम्मेलनमा अनेकौं महत्वपूर्ण उपलब्धिहरु प्राप्त भएको छ। सो सम्मेलनमा सहभागी हुन पैचिंग आएका पाकिस्तानी प्रधानमन्त्रीका सुरक्षा तथा कुटनीति सल्लाहकार सर्ताज अजिजले सी.आर.आई.का पत्रकारलाई अन्तर्वार्ता दिँदै यस पटकको विदेश मन्त्रीस्तरीय सम्मेलन एशियाली पारस्परिक सहयोग तथा आत्मविश्वास निर्माण सम्मेलनको अबिच्छिन्न सिद्धान्तमा एशियाली आत्मविश्वास कदमलाई व्यवहारमा उतार्ने महत्वपूर्ण पाइला भएको बताउनुभएको छ।

केही वर्षयता पाकिस्तानले आतंकवाद विरोध समस्याको समाधान गर्न प्रयास गरिरहेको छ। विगत साढे दुई वर्षमा पाकिस्तानले आतंकवाद विरोध गतिविधिमा स्पष्ट उपलब्धि हासिल भएको छ। अजिजले हाल पाकिस्तानले आतंकवाद विरोधको सफल अनुभवलाई अरु मुलुकले सिक्न सक्ने उहाँले बताउनुभयो।

उक्त विदेश मन्त्रीस्तरीय सम्मेलनको उदघाटन समारोहमा चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले सन् 2014 मा एशियाली पारस्परिक सहयोग तथा आत्मविश्वास निर्माण सम्मेलनको शिखर सम्मेलनमा प्रस्तुत गर्नुभएको एशियाली नयाँ ढाँचाको सुरक्षा अवधारणा दोहोर्‍याउनुभयो। अजिजले यसको उच्च प्रशंसा पनि गर्नुभयो। एशियाली नयाँ ढाँचाको सुरक्षा अवधारणा वर्तमान एशियाली विकासको वस्तुगत अवस्थासित अनुकूल भएको, एशियाली सुरक्षा समस्याको समाधान गर्ने प्रभावकारी उपाय हो भन्ने ठहर लिनुभयो।

जानकारी तथा लेखहरु