फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दक्षीण एशियामा यस हप्ताको मुख्य समाचारहरु

(GMT+08:00) 2016-04-30 18:10:35

यो हप्ता दक्षिण एशियामा मुख्य समाचारमा नेपालमा गएको विनाशकारी भूकम्पको एक वर्षको स्मृति कार्यक्रमको रहेको छ। बितेको एक हप्तामा नेपालका विभिन्न ठाँउमा विनाशकारी भूकम्प गएको एक वर्षको स्मृति कार्यक्रम आयोजित भएको छ। गत वर्षको अप्रिल पच्चीस तारिख नेपालमा 8.1 रेक्टरस्केलको विनाशकारी भूकम्प गएको थियो र भूकम्पमा परी 9053 जनाले ज्यान गुमाए। प्रकोपपिडीतहरुको संख्या 80 लाख पुगेको थियो। यही अप्रिल चौब्बीस तारिख नेपालका विभिन्न ठाँउमा दिवंगत भएकाहरुको स्मृति गर्दै भूकम्प गएको एक वर्षको स्मृति कार्यक्रम आयोजित भएको छ। सोही दिन नेपालका राष्ट्रपति बिद्या देवी भण्डारीले गोर्खाको बारपाकमा भूकम्प स्मृति पार्कको शिलान्याश गर्नुभयो। नेपालका प्रधान मन्त्री के.पी.शर्मा ओलीले केही मन्त्रीहरुसँगै काठमाडौंमा आयोजित एक मिनेट मौनधारण गर्नुभयो।

पच्चीस तारिख दिउँसो नेपाली राजदूताबास बेइजिङमा भूकम्प गएको एक वर्षको स्मृति कार्यक्रम आयोजना गरिएको थियो। नेपाली राजदूत डा. महेशकुमार मास्केले नेपाल सरकारले जनताको इच्छा वमोजिम घरबार निर्माण गर्ने कोशिश गरिरहेको जानकारी दिनुभयो। चीनले नेपाललाई दिएको समर्थन भूकम्पपछिको उद्धार, सहयोग तथा पुनर्निर्माण सम्पूर्ण प्रक्रियामा देखिएको र चीनले निरन्तर रुपमा नेपाललाई प्रकोप प्रतिरोध तथा उद्धार सम्बन्धि प्राविधिक सहयोग दिँदै सम्बद्ध अनुभव बाँड्ने आशा पनि राजदूत मास्केले व्यक्त गर्नुभएको छ।

भारतको राजधानी नयाँ दिल्लीस्थित राष्ट्रिय प्राकृतिक तथा ऐतिहासिक संग्रहालयमा छब्बीस तारिख विहानसबेरै आगलानी भयो। जसबाट संग्रहालयमा राखिएका केही प्रदर्शित वस्तु तथा मूल्यवान वन्यजन्तु तथा बनस्पतिका नमूना ध्वस्त भए। छजना अग्नि नियन्त्रकहरु पनि आगलागीमा परी घाइते भए। गत शताब्दीको सत्तरी दशकमा निर्मित भारत राष्ट्रिय प्राकृतिक तथा ऐतिहासिक संग्रहालयमा प्रशस्त मूल्यवान वन्यजन्तु तथा बनस्पतिका नमूनाहरु राखिएका छन् र तीमध्ये 16 करोड वर्षअघिको डाइनोसरको हाडको नमूना पनि एक थियो।

भारतको छिमेकी मुलुक पाकिस्तानमा चीन-पाकिस्तान आर्थिक करिडोरको पहिलो राजमार्ग परियोजना अर्थात् काराकोरम राजमार्ग सुधार योजनाको दोस्रो चरणको निर्माण अठाइस तारिख उत्तर-पश्चिमी भागमा पर्ने खाइबर पाखथुनख्वा क्षेत्रमा शुरु भयो। सो परियोजनाको निर्माण भएपछि स्थानीय यातायात अवस्थालाई सुधार गरिनुका साथै आर्थिक तथा सामाजिक विकासलाई पनि अघि बढाइने विश्वास गरिएको छ।

जानकारी तथा लेखहरु