फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दक्षिण एशियाली पत्रकार टोलीद्वारा सिआरआईको भ्रमण

(GMT+08:00) 2016-05-24 19:39:33

चीन परराष्ट्र मामिला विश्वविद्यालयमा फेलोसिप कार्यक्रमअन्तर्गत अध्ययनका लागि आएका पत्रकारहरुको टोलीले चाइना रेडियो ईन्टरनेशनल (सिआरआई) को भ्रमण अवलोकन गरेको छ। टोलीमा भारत, पाकिस्तान, बँगलादेश, अफगानिस्तान र नेपालका पत्रकारहरु सामेल थिए।

सिआरआई दक्षिण एशिया केन्द्रका प्रमुख ल्हो होङ्ग पिङ्गले सिआरआईले गरिरहेको दक्षिण एशियाली प्रसारण तथा भावी विकास योजनाबारे जानकारी गराउनुभयो। पिङ्गले दक्षिण एशियाली संचारसँग अझै घनिष्ठ आदान प्रदान गर्दै अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो। सहभागी पत्रकारहरुले इन्टरनेट युगमा सिआरआईको रुपान्तरण जस्ता विषयमा जिज्ञासा राखेका थिए। टोलीमा नेपालको अङ्ग्रेजी दैनिक काठमाण्डू पोस्टका पत्रकार सञ्जिव गिरी सहभागि थिए।

1 2
जानकारी तथा लेखहरु