फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सरकारले यसै वर्षको बजेटदेखि हरेक प्रदेशमा एक एक वटा पर्यटकीय क्षेत्र बनाउने

(GMT+08:00) 2016-05-26 16:17:33

सरकारले आगामी आर्थिक वर्ष 2073/074 को बजेटमार्फत हरेक प्रदेशमा 1/1 पर्यटकीय क्षेत्र बनाउने घोषणा गर्ने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्थमा पठाएको प्रस्तावमा सातैवटै प्रदेशमा एक, एकवटा पर्यटकीय क्षेत्र बनाउन प्रस्ताव गरिएको छ। पर्यटन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायाले आगामी वर्षका लागि प्रस्ताव गरिएको यो कार्यक्रम बजेटमार्फत सम्बोधन गर्न र आवश्यक बजेटसमेत विनियोजन गर्न माग गरिएको जानकारी दिनुभयो।

उहाँका अनुसार पर्यटन क्षेत्रको दीर्घकालीन विकास र प्रवर्द्धन गर्ने उद्देश्यले राखिएको यस्तो प्रस्ताव बजेटले सम्बोधन गरेर आउने भएको छ। मन्त्रालयले आगामी आवका लागि प्रस्ताव गरेको सानाठूला गरी दर्जनभन्दा बढी नयाँ पर्यटकीय कार्यक्रम छन्।

यस्तो कार्यक्रम बजेटमा कति पर्छन् भन्ने विषयमा भने अहिले नै ठम्याईं गरेर भन्न नसकिने पनि मन्त्रालयको भनाइ छ।मन्त्रालयका अनुसार सरकराले नीति तथा कार्यक्रममा सम्बोधन गरेका सन् 2018 लाई भिजिन नेपाल भ्रमण वर्ष घोषणा गर्ने, विमानस्थको विकास, आन्तरिक पर्यटन प्रवर्द्धन, बुद्ध सर्किट निर्माण, पुरातत्वका कार्यक्रमसहतिलाई सम्बोधन गरेर पर्यटन क्षेत्रको बजेट आउने भएको छ।

सरकारले पर्यटन क्षेत्रका लागि आगामी आर्थिक वर्षमा अन्तर्राष्ट्रिय भ्रमण वर्षको तयारी गर्न र विदेशी पर्यटक आकर्षणगर्न उपयुक्त कार्यक्रम तय गरेर जान आवश्यक पर्ने बजेट माग गरेको छ।

सरकारले 2073 सालको एक वर्षका लागि घोषणा गरेको आन्तरिक घुमफिर वर्ष सफल बनाउन आवश्यक कार्यक्रम गर्न, पर्यटन हस्पिटालीटी र विभिन्न जिल्लामा नयाँ पर्यटकीय गाँउसहितको कार्यक्रम राखेर बजेट ल्याउन प्रस्ताव गरेको छ।

पर्यटन मन्त्रालयका अनुसार आगामी बजेटले निजगढ विमानस्थ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ, ग्रेट हिमालय टेल, विभिन्न पदायात्रा मार्ग र संस्कृति प्रवद्र्धन र विकास गर्ने खालको कार्यक्रमलाई प्राथमिकता दिएर बजेट आउने भएको छ। गत वर्षकै कार्यक्रमलाई निरन्तरता दिने गरी बजेट आउने पनि मन्त्रालयको बुझाइ रहेको अन्नपूर्ण पोष्ट अनलाईनले जनाएको छ।

पर्यटनमा गत वर्ष एक अर्ब 32 करोड रुपैयाँको पर्यटन क्षेत्रलाई विकास बजेटको सिलिङ रहेको भए पनि यो वर्षका लागि भने जम्मा 54 करोड रुपैयाँको मात्रै सिलिङभित्र रहेर योजना पठाउन अर्थले पर्यटनलाई निर्देशन दिएको छ। गत वर्षको भूकम्प र आपूर्तिको असहजताका कारण बजेटको सिलिङ नै घटाएको जानकारी अर्थले दिएको पर्यटन मन्त्रालयले नै जानकारी दिएको छ।

पर्यटन मन्त्रायले भूकम्पछिको पर्यटन सुधार्न थप बजेट आवश्यक भएकोले बढाउन आग्रह गर्दै दर्जनौं योजना पठाएको छ। यस विषयमा अर्थ मन्त्रालयले थप 6 अर्ब रुपैयाँ पर्यटन क्षेत्रमा खर्च गर्ने गरी बजेट छुट्टयाउने भने पनि औपचारिक रूपमा सिलिङमा भने नराखेको पर्यटनले जानकारी दिएको छ।

जानकारी तथा लेखहरु