फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पर्यटन प्रवर्द्धनका लागि पोखरादेखि नेपाल चीनबीचको नाका कोरलासम्मको भ्रमण

(GMT+08:00) 2016-05-26 16:18:59

नेपाल पर्यटन बोर्डको सहयोग एवम् पोखरा पर्यटन परिषद्को संयोजनमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ पोखरादेखि नेपाल चीनबीचको नाका कोरलासम्मको पाँच दिवशीय अवलोकन भ्रमण गरिने भएको छ।

'मिसन कोरला–2016' भन्ने नाराका साथ गरिन लागेको अवलोकन भ्रमण आइतबारदेखि सुरु भई विभिन्न स्थानको स्थलगत अवलोकन, पर्यटन सम्बद्ध पक्षबीच अन्तरक्रिया गर्दै जेठ 13 गते सम्पन्न हुने पोखरा पर्यटन परिषद्ले जनाएको छ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापाका अनुसार मिसन कोरला–2016 मा पर्यटन सम्बद्ध उद्योग व्यवसायी, विभिन्न संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीको सहभागिता हुनेछ।

पोखरासहित यस आसपासका पर्यटकीय सम्भावनालाई उजागर गर्न र यहाँको विकास एकसाथ अघि बढाउन यस किसिमका भ्रमणले विशेष महत्व राख्ने पर्यटन व्यवसायी एवम् पोखरा पर्यटन परिषद्का उपाध्यक्ष चिरञ्जीवी पोखरेलले बताउनुभयो। पोखरा आउने पर्यटक यहाँबाट उच्च हिमाली श्रृङ्खलाको अवलोकन गर्ने उद्देश्यका साथ ऐतिहासिक स्थल जोमसोम, कागबेनी, मुक्तिनाथ, लोमाङथाङ हुँदै कोरलासम्म जान आकर्षित हुने गरेको उहाँको भनाइ छ।

गोरखापत्र अनलाईनका अनुसार सरकारले समेत 2073 साललाई घुमफिर वर्षका रुपमा लिएको उल्लेख गर्दै उपाध्यक्ष पोखरेलले परिषद्ले पर्यटन प्रवद्र्धनका कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो। केही समयअघि व्यवस्थापिका संसदको विकास समितिले कोरला नाकाको स्थलगत अवलोकन गरी सरकारलाई उक्त नाका यथासक्य चाँडो सुचारु गर्ने निर्देशनसहित प्रतिवेदन बुझाएको थियो।

जानकारी तथा लेखहरु