फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वन उद्यम अवलोकन गर्न नेपालको उद्योग वाणिज्य टोली चीनमा

(GMT+08:00) 2016-05-26 16:20:35

नेपाल उद्योग वाणिज्य महासंघको टोली वन उद्यम अवलोकन भ्रमणका लागि चीन प्रस्थान गरेको छ । महासंघका वन उद्यम विकास समितिका सहसभापति नरेन्द्रकुमार खड्काको नेतृत्वमा 13 सदस्यीय टोली वन उद्यम अवलोकन भ्रमणका लागि चीन प्रस्थान गरेको हो ।

टोलीमा वन विकास समितिका सदस्य गोविन्द घिमिरे, बुटबल उद्योग वाणिज्य संघका अध्यक्ष महेशमान सिंह, निवर्तमान अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठ, लमजुंग उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार श्रेष्ठ, इनरुवा उद्योग वाणिज्यका अध्यक्ष प्रमोद आचार्य, गुल्मी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष अखिलेश्वरप्रसाद पाण्डे, तिलोतमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारी, झापा उद्योग संघका सदस्य दुर्गा भण्डारी, नेपाल हातेकागज उद्योग संघका उपाध्यक्ष इच्छाबहादुर कार्की, नेपाल उद्योग वाणिज्य महासंघका सहायक निर्देशक माधव मुल्मी, वरिष्ठ अधिकृत परशुराम नेपाल र कारोबार दैनिकका पूर्वाञ्चल संयोजक मीनकुमार नवोदितको सहभागिता छ ।

भ्रमणका क्रममा चीनको वन मन्त्रालयअन्तर्गतको वन प्रशासन विभागको निमन्त्रणामा गएको टोलीले इन्टरनेशनल सेन्टर फर ब्याम्बो एण्ड रतन तथा वन, औषधिजन्य जडीबुटीलगायत वनसँगै सम्बन्धित उद्योग तथा केन्द्रको भ्रमण गर्नेछ। टोली जेठ 16 गते स्वदेश फर्किनेछ।

जानकारी तथा लेखहरु