फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको विद्युत उत्पादन भएमा छिमेकी मुलुकमा प्रसारण गर्न सकिने प्रधानमन्त्री ओलीको भनाइ

(GMT+08:00) 2016-05-26 16:22:22

प्रधानमन्त्री केपी ओलीले नेपालमा बिजुली उत्पादन गरेर चीन सप्लाई गर्ने नयाँ घोषणा गर्नुभएको छ। उहाँले केही वर्षभित्र नेपालमा उत्पादन हुने बिजुली धेरै हुने र चीन वा भारततर्फ सप्लाई नगरी नहुने दाबी गर्नुभयो।

'रसुवागढी–केरुङ प्रसारण लाइनको सम्भाव्यता अध्ययन गर्न दुई मुलुकबीच सहमति भइसकेको छ, केरुङसम्म आइसकेको छ,' प्रधानमन्त्री ओलीले भन्नुभयो, 'केही वर्षपछि नेपालमा बढी विद्युत् उत्पादन हुन्छ, त्यसलाई भारत या चीनमा बेच्नुको विकल्प रहने छैन।'

गोरखा र धादिङका सांसद, राजनीतिक दलका नेतालगायतसँगको भेटमा प्रधानमन्त्री ओलीले रसुवाको चिलिमेबाट केरुङसम्म प्रसारण लाइन बनाएर विद्युत् बिक्री गर्ने बताउनुभयो।12 सय मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजनाका विषयमा छलफलका लागि उनीहरू प्रधानमन्त्रीसँग भेट्न गएका थिए ।

जानकारी तथा लेखहरु