फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

श्रीलंकामा गएको बाढी तथा पहिरोमा सय जनाको मृत्यु

(GMT+08:00) 2016-05-26 16:23:35
श्रीलंकामा गएको बाढी तथा पहिरोमा परी कम्तिमा 101जनाको ज्यान जानुका साथै 2 लाख जना घरबारविहिन भएका छन्। यसैबीच श्रीलंकाका अर्थ मन्त्री रवी करुनानायकेले पच्चीस तारिख पुनर्निर्माणको लागि श्रीलंकाले अन्तर्राष्ट्रिय समाजसँग चन्दा तथा वाणिज्य ऋण लगायत सहयोग मागेको जानकारी दिनुभएको छ।

प्राप्त आधारभूत अनुमान वमोजिम, प्रकोपबाट भएको आर्थिक क्षति 1 अरब 50 करोडदेखि 2 अरब अमेरिकी डलर बराबर हुने बताइएको छ। प्रकोप पीडितको बन्दोबस्त कार्य शुरु भैसकेको र घरबार विहीन भएका प्रकोप पीडितहरुलाई बन्दोबस्त गर्न श्रीलंका सरकारले 10 अरब रुपियाँ छुट्याउने पनि जनाइएको छ।

हालसम्म श्रीलंकामा रहेका चिनियाँ कम्पनीहरु तथा चिनियाँ संघसंस्था एवम् एशिया-प्रशान्त दैनिक अखवार आदि संस्था वा संगठनले प्रकोप पीडित श्रीलंकालीहरुको लागि सामग्री तथा चन्दा अनुदान गरिरहेका छन्।

बितेका केही दिनयता, आँधीबेहरीका कारण श्रीलंकाका धेरै ठाँउमा बाढी तथा पहिरो गएको छ। लगभग 6 लाख 20 हजार जना प्रकोपबाट प्रभावित हुनुका साथै अन्य 1 लाख घरहरु ध्वस्त पारिएको छ।

जानकारी तथा लेखहरु