फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हाङचौ बीस मुलुक समूह शिखर सम्मेलन सय दिनपछि शुरु

(GMT+08:00) 2016-05-26 16:24:49
बीस मुलुक समूह शिखर सम्मेलन 2016 आगामी सेप्टेम्बर चार तथा पाँच तारिखका दिन चीनको हाङचौमा आयोजना हुने भएको छ। यसै महिनाको सत्ताइस तारिख सोही शिखर सम्मेलन शुरु हुन एक सय दिन बाँकी रहेको दिन हो। हालसम्म वातावरणीय सुधार, सुरक्षा लगायत सो शिखर सम्मेलनको विविध तयारी कार्य सुचारु रुपमा चलिरहेको छ।

बीस मुलुक समूह एउटा गैर-सरकारी मञ्च हो र विकसित मुलुक तथा नवस्थापित मुलुकहरुबीच वस्तुगत विषय बारेमा रचनात्मक छलफल तथा अध्ययनलाई अघि बढाएर आपसी सहयोगमार्फत् अन्तर्राष्ट्रिय मौद्रिक स्थिरता तथा लगातार आर्थिक बृद्धिको प्रवर्द्धन गर्नु नै यस मञ्चको उद्देश्य रहेको छ। हालसम्म बीस मुलुक समूहका सदस्य मुलुकमा अमेरिका, जर्मनी, रुस, ब्राजिल, चीन लगायत रहेका छन्। ती मुलुकहरुको जी.डी.पी.ले विश्व अर्थतन्त्रको 90प्रतिशत ओगटेको छ र व्यापारमा संलग्न रकमले पनि सम्पूर्ण विश्वको 80 प्रतिशत ओगटेको छ।

जानकारी तथा लेखहरु