फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-भारत आर्थिक तथा व्यापारिक लगानी आदान-प्रदान सम्मेलनको क्वाङ चौमा आयोजना

(GMT+08:00) 2016-05-26 16:26:45
मे 25 तारिख विहान चिनियाँ अन्तर्राष्ट्रिय व्यापारिक प्रबर्द्धन परिषद, क्वाङ तुङ प्रान्तको जन सरकार र चीनका लागि भारतको राजदूतावासद्वारा आयोजना गरिएको चीन-भारत आर्थिक तथा व्यापारिक लगानी आदान-प्रदान सम्मेलन क्वाङ चौ शहरमा आयोजना भएको छ। भारतका राष्ट्रपति प्रणव कुमार मुखर्जी, क्वाङ तुङ प्रान्तका निर्देशक चु स्याउ तान, चिनियाँ अन्तर्राष्ट्रिय व्यापारिक प्रबर्द्धन परिषदका प्रमुख च्याङ चङ वैले उक्त सम्मेलनमा सम्बोधन गर्नुभएको छ। चीनका उप परराष्ट्र मन्त्री लिउ चन मिन र भारतको लत्ता कपडा मन्त्रालयका राज्य मन्त्री सान्तोष कुमार गाङवार पनि उक्त सम्मेलनमा उपस्थित हुनुभएको छ।

भारतीय राष्ट्रपति मुखर्जीले च्वाङ चौबाट चीनको राजकीय भ्रमण थाल्न पाएकोमा खुशी लागेको व्यक्त गर्दै यस पटकको भ्रमण भारत र चीनले पुरानो सम्पर्कलाई बढाउन र नयाँ विकास सम्बन्धको स्थापना गर्नका लागि गहिरो अर्थ राख्ने विश्वास व्यक्त गर्नुभयो।

चु स्याउ तानले क्वाङ तुङ प्रान्तको जन सरकारको तर्फबाट राष्ट्रपति मुखर्जी र भारतीय राजनैतिक तथा व्यापारिक प्रतिनिधि मण्डलको क्वाङ तुङको भ्रमणका लागि स्वागत गर्नुभयो। उहाँले मुखर्जीले यस पटकको भ्रमणलाई सुअवसरको रुपमा लिएर दुई पक्षको पारस्परिक सहयोग र साझा विकासलाई अगाडि बढाउने आशा लिएको कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु