फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ली युआन छाउद्वारा भारतका राष्ट्रपति मुखर्जीलाई चीन भ्रमणका लागि स्वागत समारोहको आयोजना

(GMT+08:00) 2016-05-26 18:12:24

चीनका उप राष्ट्राध्यक्ष ली युआन छाउले 25 तारिख पैचिङ्गमा भारतका राष्ट्रपति प्रणव कुमार मुखर्जीसँग भेटघाट गर्नुभएको छ। ली युआन छाउ र मुखर्जी चिनियाँ जन वैदेशिक मैत्री संघ र चीनका लागि भारतको राजदूतावासद्वारा आयोजना गरिएको स्वागत समारोहमा उपस्थित हुनुभएको छ।

ली युआन छाउले चीन र भारतको मित्रतामा दीर्घकालीन इतिहास रहेको, हालैका केही वर्षयता चीन र भारतको सम्बन्ध तीब्र रुपमा विकासको नयाँ अवधिमा प्रवेश गरेको कुरा बताउनुभयो। चीनले भारतसँग मिलेर दुई मुलुकका नेताहरुबीच प्रस्तुत गरिएको रणनैतिक योजनाअनुसार चीन र भारतको अझै घनिष्ठ साझेदारी सम्बन्धको संयुक्त रुपमा सिर्जना गर्ने, दुई मुलुकको सम्बन्धलाई अझै गहिरो, अझै व्यवहारिक र अझै दीर्घकालीन दिशातर्फ विकास गर्नका लागि अघि बढ्दै जाने आशा लिएको कुरा लीले बताउनुभयो।

मुखर्जीले भारतले चीनसँग विभिन्न क्षेत्रको सहयोगलाई बढाउने र दुई मुलुकका जनताको मित्रतालाई सबल पार्ने आशा लिएको कुरा बताउनुभयो।

1 2 3
जानकारी तथा लेखहरु