फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बीस मुलुक समूहको महिला सम्मेलनद्वारा घोषणा पत्र जारी

(GMT+08:00) 2016-05-26 16:40:22

"समान सहभागिता, सिर्जनशील विकास"भन्ने मुख्य विषय वस्तु तोकिएको बीस मुलुक समूहको महिला सम्मेलन-2016 मे 26 तारिख सी आन शहरमा सम्पन्न भएको छ। उक्त सम्मेलनमा सहभागी प्रतिनिधिहरुले लिंगको समानता, महिलाको रोजगार तथा स्वरोजगारआदि विषयहरुबारे छलफल गरेका छन् र "बीस मुलुक समूहको महिला सम्मेलनको घोषणापत्र" जारी गरेका छन्।

यस पटकको सम्मेलनको उपलब्धि दस्तावेजको रुपमा त्यसलाई आगामी सेप्टेम्बर महिना चीनको हाङ्ग चौ शहरमा आयोजना हुने बीस मुलुक समूहको शिखर सम्मेलनमा पेश गरिने छ। उक्त घोषणापत्रले बीस मुलुक समूहलाई महिला अर्थतन्त्रमा संलग्न हुन र विकासको उपलब्धिको उपभोगमा महत्व दिन घच्घच्याउने छ।

जानकारी तथा लेखहरु