फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतीय राष्ट्रपति मुखर्जी पैचिङ विश्वविद्यालयमा भाषण दिँदै

(GMT+08:00) 2016-05-26 18:40:55

मे छब्बीस विहान भारतीय राष्ट्रपति प्रणव मुखर्जीले चीनको प्रसिद्ध विश्वविद्यालय पैचिङ विश्वविद्यालयमा भाषण दिनुभएको छ। चीनका शिक्षा मन्त्री युआन क्वीरन, पैचिङ विश्वविद्यालयका कूलपति लीन च्यानह्वा तथा सयौं भारतीय तथा चिनियाँ विद्यार्थीहरुले सो कार्यक्रममा भाग लिएका छन्। आफ्नो भाषणमा राष्ट्रपति मुखर्जीले भारत तथा चीन बीच गैर-सरकारी आदानप्रदान र सहयोगलाई मजदूत पार्नुपर्ने धारणा राख्नुभयो।

राष्ट्रपति मुखर्जीले नव स्थापित आर्थिक एकाइको भारत तथा चीनसँग क्षेत्रीय तथा विश्वको समृद्धिको लागि योगदान गर्ने जिम्मेदारी भएकोले दुई देशले हातमा हात मिलाएर 'एशियाको शताब्दी' सिर्जना गर्ने आशा गर्नुभएको छ। साथै उहाँले दुई देशका युवाहरु बीचको आदानप्रदान, आर्थिक तथा व्यापारिक आवतजावत र पर्यटकीय आदानप्रदानको प्रवर्द्धन गर्नुपर्ने विचार पनि व्यक्त गर्नुभयो।

1 2
जानकारी तथा लेखहरु