फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिन फिङ्ग र भारतीय राष्ट्रपति मुखर्जीबीच भेटवार्ता

(GMT+08:00) 2016-05-26 20:35:43

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले 26 तारिख जन वृहत सभा भवनमा भारतीय राष्ट्रपति प्रणव कुमार मुखर्जीसँग भेटवार्ता गर्नुभएको छ। दुई मुलुकका राष्ट्रनायकहरुले चीन र भारतको चौतर्फी सहयोगलाई बढाउन, चीन र भारतको रणनैतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई नयाँ उचाइसम्म अगाडि बढाउने, दुई पक्षको साझा विकासलाई प्रबर्द्धन गर्न, क्षेत्रीय तथा विश्वको शान्ति तथा समृद्धिका लागि अझै ठूलो योगदान दिने विषयमा मतैक्यता हासिल गर्नुभएको छ।

सीले दुई पक्षले शान्ति तथा समृद्धितर्फ उन्मुख हुने चीन र भारतबीचको रणनैतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई सबल पार्न र अझै घनिष्ठ साझेदारी सम्बन्धको सिर्जना गर्न स्वीकार गरेको बताउनुभयो।

मुखर्जीले भारतले दुई मुलुकको सम्बन्धलाई सबल पार्ने, चीनसँग व्यापार, लगानीआदि क्षेत्रहरुको सहयोगलाई विस्तार गर्ने आशा लिएको कुरा बताउनुभयो।

1 2
जानकारी तथा लेखहरु