फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी तथा भारतीय प्रधानमन्त्री मोदीबीच भेट-वार्ता

(GMT+08:00) 2016-06-24 18:46:27

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले तेइस तारिख टाशकेन्टमा भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीसँग भेट-वार्ता गर्नुभएको छ।

भेट वार्तामा राष्ट्राध्यक्ष सीले आपसी सम्बन्धको विकासको दिशालाई संयुक्त रुपमा नियन्त्रण गर्नुपर्ने बताउनुभयो। चीन र भारतको साझा हित विद्यमान ठोस मतभेदभन्दा ठूलो भएकोले दुवै पक्षले व्यापार, रेलमार्ग, औद्योगिक पार्क, उर्जाश्रोत तथा विजुली, सूचना प्रविधि लगायत पारस्परिक वस्तुगत सहयोगलाई गहन पार्नुपर्ने विचार पनि राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभएको छ। चीनले सेप्टेम्बरमा चीनको हाङचौमा आयोजना हुने बीस मुलुक समूह शिखर सम्मेलनमा प्रधानमन्त्री मोदीको सहभागिताको स्वागत गरेको छ। राष्ट्राध्यक्ष सीले आउने अक्टोबरमा भारतमा आयोजना हुने ब्रिक्स मुलुक समूहका नेता बीचको भेट-वार्तामा भाग लिने अपेक्षा पनि व्यक्त गर्नुभएको छ।

शाङ्गहाई सहयोग संगठनको शिखर सम्मेलनको अवधिमा भारतले यसै संगठनमा भाग लिने सम्झौतापत्रमा हस्ताक्षर गर्ने भएकाले राष्ट्राध्यक्ष सीले बधाई पनि दिनुभएको छ।

सो अवसरमा भारतीय प्रधानमन्त्री मोदीले चीनसँग विविध क्षेत्रमा हुने वस्तुगत सहयोगलाई मजवुत पार्ने इच्छा व्यक्त गर्नुभएको छ। दुवै पक्षले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय समस्यामा आपसी सम्पर्कलाई घनिष्ट पार्दै आपसमा विद्यमान समस्याको उचित समाधान गर्ने आशा पनि भारतले व्यक्त गरेको छ। साथै शाङहाई सहयोग संगठनमा भारतको प्रवेशलाई चीनले समर्थन दिएकोमा प्रधानमन्त्री मोदीले धन्यवाद ज्ञापन गर्नुभएको छ।

जानकारी तथा लेखहरु