फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बाघ चित्र बनाउने गाउँमा वार्षिक दश करोड आरएमबीको आम्दानी

(GMT+08:00) 2016-06-28 10:26:57

        सन् 1956देखि चीनको ह नान प्रान्तीय शाङ छ्यु शहरको मिन छ्युआन जिल्लाको वाङकुङ गाउँमा बाघ, माछा आदिका चित्र बनाउने कला लोकप्रिय रहँदैआएको छ। तीमध्ये स्थानीय बोलिचालीको भाषामा बाघ र आशिषको उच्चारण एउटै जस्तो सुनिन्छ त्यसैले पछिल्लो समयमा विशेष गरी बाघको चित्र बनाउने नै स्थानीय किसानको मुख्य काम बनेको छ। हाल गाउँका करिब 1366 बासिन्दामध्ये आठ सयभन्दा बढीले चित्र अथवा चित्रसम्बन्धी उद्योगमा काम गर्दैआएका छन् र ती चित्रहरू बङ्गलादेश, सिङ्गापुर, जापान, दक्षिण कोरिया, अमेरिका आदि देशमा बिक्री हुनेगरेको छ। सन् 2015मा गाउँका नब्बे हजार वटा चित्र बिक्री भएर जम्मा गरी नौ करोड असी लाख चिनियाँ युआन(आरएमबी)को आम्दानी भएको पाइएको छ।

1 2
जानकारी तथा लेखहरु