फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

GNप्रधानमन्त्री ली ख छ्याङ्गद्वारा डाभोस मन्चमा आवद्ध व्यवसायीसँग छलफल

(GMT+08:00) 2016-06-29 16:25:09

चीनका प्रधानमन्त्री ली ख छ्याङ्गले हिजो जुन अठाईस तारिख विहान थ्यान चिन मैच्याङ्ग प्रदर्शनी केन्द्रमा गृष्मकाली डाभोस मञ्च 2016 मा सहभागी भएका तीन सयभन्दा बढी विभिन्न मुलुकका व्यवसायी प्रतिनिधिहरुसित छलफल आयोजना गर्नुभएको छ।

प्रधानमन्त्री लीले चीनले बनौटमुखी सुधार विशेष गरी आपूर्ति पक्षको बनौटमुखी सुधार अघि बढाएर, सिर्जनात्मक विकास रणनीतिलाई चालेर नव अर्थतन्त्र र नव व्यवसायको विकासमा अनुमानभन्दा अझ राम्रो रहेको र यसले रोजगारीको समर्थन दिएको व्यक्त गर्नुभएको छ। यस वर्षयता चीनको अर्थतन्त्रमा मध्यम-उच्च स्तरले वृद्धि हुँदै आएको र आर्थिक संरचना अझ राम्रो हुँदै आएको पनि प्रधानमन्त्री लीले वताउनुभएको छ।

विश्व आर्थिक मञ्चका अध्यक्ष क्लाउस श्वाबले विश्व अर्थतन्त्रमा चीनको निकै महत्वपूर्ण स्थान रहेको बताउनुभएको छ। प्रधानमन्त्री लीले मञ्चमा चीनको विकास समाष्टिगत इच्छालाई उल्लेख गर्नुका साथै सुधार र खुलापनलाई अघि बढाउने ठोस उपायहरु पनि जानकारी दिनुभएको र अन्तर्राष्ट्रिय समाजले चीनको विकसित सम्भावनालाई अझ बढी विश्वास लिएको अध्यक्ष श्वाबले व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु