फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"चीनको गरिबी निवारण"सन्जाल फोटो प्रदर्शनी शुरु

(GMT+08:00) 2016-06-29 16:26:35

 

चीनको राज्य परिषद्को प्रेस कार्यालय, राज्य परिषद् अन्तर्गत गरिबी निवारण र विकास निर्देशन टोली कार्यालय तथा सिन्ह्वा समाचार समितिको संयोजकत्वमा आयोजित "चीनको गरिबी निवारण"सन्जाल फोटो प्रदर्शनी आज जुन उन्नतीस तारिख बिहान दश बजेदेखि सिन्ह्वा नेटमा औपचारिक रुपमा शुरु भएको छ।

उक्त सन्जाल फोटो प्रदर्शनीको मुख्य उद्देश्य चीनको गरिबी निवारण भन्ने रहेको छ। प्रदर्शनीमा बहु संचारको अग्र प्रविधिको सदुपयोग गरी डिजिटल प्रदर्शनी कक्षमार्फत नयाँ चीनको स्थापना विशेषगरी चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ महाधिवेशन भएयता चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चीनको गरिबी निवारण र विकासको क्रममा प्राप्त टडकारो उपलब्धिको अभिव्यक्त गरिएको छ।

सो प्रदर्शनीलाई क्रमश: नयाँ चीनको स्थापनादेखि सुधार र खुल्लापनसम्म, सुधार र खुल्लापनदेखि पार्टीको अठारौं महाधिवेशनसम्म र पार्टीको अठारौं महाधिवेशनदेखि हालसम्म तीनवटा भागमा विभाजित गरी तीन सयभन्दा बढी फोटोको प्रदर्शन गरिएको छ।

जानकारी तथा लेखहरु