फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

खराब मौसमका कारण चीनका विभिन्न स्थानमाबाढीको प्रकोप

(GMT+08:00) 2016-06-29 17:16:54

 

एल निनो मौसमको नराम्रो असर परेकाले हाल चीनका धेरै स्थानमा भयङ्कर असिनापानीको वर्षासँगै बाढीको प्रकोप देखिएको छ। चीनका विभिन्न स्थानका निकायहरूले सक्रियताका साथ खतरा र प्रकोपको प्रतिरक्षा र सामना गर्नुका साथै सक्दो प्रयासमार्फत प्रकोप उद्धार कार्य चलाइरहेका छन्।

राज्य परिषद्को प्रेस कार्यालयले आज जुन उन्नतीस तारिख एउटा पत्रकार सम्मेलनको आयोजना गरेको छ। त्यस सम्मेलनमा राष्ट्रिय बाढी खडेरी प्रतिरोधी निर्देशन कार्यालयका महासचिव लिउ निङले हाल चीन मुख्य बाढी अवधिमा प्रवेश भइसकेकाले बाढी प्रतिरोधात्मक कार्य पनि सबभन्दा महत्वपूर्ण चरणमा प्रवेश भएको जानकारी दिनुभएको छ।

चीनको जलवायु ब्युरोका प्रमुख चङ को क्वाङका अनुसार, यस आर्थिक वर्षदेखि यता जलवायु ब्युरोले निरन्तर रुपमा नागरिक मामिला, राष्ट्रिय भूभागको उर्जा, जलाश्य, कृषि व्यवसाय, बन व्यवसाय र यातायात आदि विभागसँगै मिलेर प्रकोप निवारण सम्बन्धी सहयोगलाई सबल पार्दैआएको छ।

जानकारी तथा लेखहरु