फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आम्दानी स्रोतमा बढ्दै रेमिट्यान्स हिस्सा

(GMT+08:00) 2016-06-30 15:48:53

नेपालको आम्दानीको मुख्य स्रोतका रूपमा विप्रेषण आप्रवाह (रेमिट्यान्स)को हिस्सा बढ्दै गएको छ। युवाहरू कामको खोजीमा बिदेसिने क्रम बढेसँगै सहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रको कुल आम्दानीमा रेमिट्यान्सको हिस्सा उच्चदरले बढेको कारोबार अनलाइनले लेखेको छ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको घरपरिवार बजेट सर्वेक्षणअनुसार ग्रामीण क्षेत्रको घरपरिवार आम्दानीमा रेमिट्यान्सको हिस्सा 23.68 प्रतिशत छ भने सहरी क्षेत्रमा यस्तो हिस्सा 13.23 प्रतिशत मात्रै छ। अध्ययनले प्रतिपरिवार मासिक रेमिट्यान्स 6 हजार 514 रुपैयाँ प्राप्त हुने देखाएको छ। 9 वर्षअघि राष्ट्र बैंकले गरेको गरेको यस्तै सर्वेक्षणअनुसार रेमिट्यान्स आयको हिस्सा 20.6 प्रतिशत थियो र प्रतिपरिवार औसत 4 हजार 5 सय 82 रुपैयाँ प्राप्त हुन्थ्यो। त्यसबेला ग्रामीण क्षेत्रमा रेमिट्यान्स आयको मुख्य स्रोतको रुपमा तेस्रो स्थानमा थियो।

सर्वेक्षणमा कुल आम्दानीको हिस्सामा रेमिट्यान्सको योगदान 16.1 प्रतिशतबाट बढेर 17.61 प्रतिशत पुगेको छ। रेमिट्यान्ससँगै कुल आयमा तलब, ज्याला, भत्ता र पेन्सनको हिस्सा पनि बढ्दै गएको छ। यो क्षेत्रको आम्दानी कुल आयमा 30.26 प्रतिशत पुगेको छ। यसले नेपालीहरू अन्य काममा भन्दा विदेश जान वा मुलुकभित्रै जागिरतर्फ केन्द्रित रहेको संकेत गरेको छ।

कृषिप्रधान मुलुक भए पनि ग्रामीण क्षेत्रमा कृषिबाट प्राप्त हुने आम्दानीले 11.36 प्रतिशत मात्रै योगदान पुर्‍याएको छ।

जानकारी तथा लेखहरु