फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

टर्की विमानस्थल आक्रमणमा मर्नेको संख्या 41 पुग्यो

(GMT+08:00) 2016-06-30 15:55:44

 

टर्कीको इस्तानबुल प्रान्तको प्रमुख कार्यालयले हिजो जुन उन्नतीस तारिख जनाएअनुसार, इस्तानबुल अटाटुएर अन्तर्राष्ट्रिय विमानस्थलमा गत अठाईस तारिख राति भएको श्रंखलाबद्ध विस्फोटन आक्रमणबाट 41 जनाको मृत्यु हुनुका साथै 239 जना घाइते भएका छन्।

मृतकमध्ये 12 जना विदेशी नागरिक रहेका छन्। उनीहरु साउदी अरब, इराक, ट्युनिशिया, इरान, युक्रेन र उज्बेकिस्तानबाट आएका थिए।

टर्कीका प्रधानमन्त्री बिनाली यिल्डिरिमले हिजो उन्नतीस तारिख बिहान केही आत्मघाती आक्रमणको तरिका र तथ्य हेर्दा उग्रबादी संगठन आइएसले यस पटकको आक्रमण गरेको बताउनुभएको छ।

टर्कीका राष्ट्रपति रिसेप तैयिप इर्डोगनले एउटा वक्तव्य प्रकाशित गरेर उक्त आक्रमणको कडा निन्दा गर्नुका आतंकबादी संगठनमाथिको प्रहारलाई अझै कडा बनाउँदै जाने व्यक्त गर्नु भएको छ।

संयुक्त राष्ट्र संघका महासचिव बान कि मुन, अमेरिकी ह्वाइट हाउस तथा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले बेगला बेगलै रुपमा आफ्नो अडान व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु