फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छिङहाइ तिब्बत रेलमार्गले तिब्बती जनताको जीवनस्तर उकास्यो

(GMT+08:00) 2016-06-30 16:04:55

विश्वको छानो भनेर चिनिएको चीनको स्वायत्त प्रदेश तिब्बतमा रेल पुगेको एक दसक भएको छ। छिङहाइ तिब्बत रेलमार्गले तिब्बती जनताको जीवनस्तरमा आकाशजमिनको परिवर्तन ल्याएको छ। यो रेलमार्गले तिब्बतलाई विश्वसामु खुला पनि गरेको छ।

तिब्बत स्वायत्त प्रदेशको स्थानीय सरकारले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् 2015 मा दुई करोड यात्रीहरुले तिब्बत स्वायत्त प्रदेशको भ्रमण गरेका छन्। यो संख्या रेलवे सेवा सुरुहुनुभन्दा अगाडिको तुलनामा एघार गुणाले वृद्धि भएको हो।

तिब्बतको ब्याङग काउन्टीमा शिक्षा क्षेत्रमा काम गर्ने छन यौटीका अनुसार छिङहाइ तिब्बत रेलमार्ग रेलमार्ग अगाडि युन्नान प्रान्तबाट तिब्बत पुग्न नब्बे घन्टाभन्दा बढी लाग्द्थ्यो अहिले साढी घन्टामै संभव भएको छ।

सिगाच्छेबाट ल्हासामा यात्रा गर्ने साठी वर्षीय टासी छिरिङका अनुसार रेलको यात्रा सुरक्षित आरामदायी र भरपर्दो छ। यो सुविधाजनक रहेको बताउने टासीले भन्नुभयो मैले दसपटकभन्दा बढी रेलबाट यात्रा गरिसकेँ। रेलमार्ग खुलेपछि तिब्बतमा सामानको मूल्य पनि निकै सस्तो भएको छ। विशेष गरी चामल, तेल, पिठो र अन्य उपभोग्य वस्तुको मूल्य पहिलेभन्दा धेरै सस्तो भएर स्थानीयलाई सुविधा पुगेको छ। सडक यातायातबाट ढुवानी गर्नुभन्दा कार्गो रेलबाट ढुवानी गर्दा सिमेन्ट, स्टिल, काठपात आदि सामानहरु सस्तो हुने गरेको छ।

सन् 2015 मा तिब्बतको कूल गार्हस्थ उत्पादन एक खर्ब चिनियाँ युआन पुगेको छ। रेलवे सेवा सुरु हुनुभन्दा अगाडि तिब्बतको कूल गार्हस्थ उत्पादन 25 अर्ब चिनियाँ युआन थियो।

जानकारी तथा लेखहरु