फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अस्थिर मुलुकको सूचीमा नेपालको स्थान 33 औं

(GMT+08:00) 2016-06-30 18:43:36

नेपाल विश्वमा अस्थिर मुलुकको सूचीमा 33औं स्थानमा परेको छ। अस्थिर राज्य सूचक (एफएसआई) 2016 मा नेपालको स्थिति अघिल्लो वर्षको भन्दा 3 स्थानले खस्किएको कारोबार अनलाइनले लेखेको छ। एफएसआई 2015 मा नेपाल 36 औं स्थानमा थियो।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मुलुकभित्रका 8 मध्ये नेपाल तेस्रोमा छ। नेपालले 91.2 अंक पाएको छ। दक्षिण एसियामा अफगानिस्तान सबैभन्दा अस्थिर मुलुकका रूपमा सूचीकृत भएको छ। अफगानिस्तान 107.9 अंक ल्याएर विश्वभरको अस्थिर मुलुकको सूचीमा 9 औं स्थानमा छ। अफगानिस्तानलाई पछ्याउँदै पाकिस्तान दक्षिण एसियामा दोस्रो र विश्वको 14 औं अस्थिर मुलुकको सूचीमा छ। माल्दिभ्स दक्षिण एसियामा सबैभन्दा सबल (कम अस्थिर) मुलुकका रूपमा छ। माल्दिभ्सले 74 अंकका साथ विश्वको 91 औँ स्थानमा छ।

अन्तर्राष्ट्रियस्तरमा आउने यस्ता सूचकका कारण मुलुकको लगानी प्रभावित हुन्छ। जति मुलुक अस्थिर देखिन्छ त्यति नै विदेशी लगानीकर्ता त्यो मुलुकमा लगानी गर्न हिच्किचाउँछन्। अस्थिर मुलुकमा राजनीतिक दाउपेच बढी हुने र नीतिगत अस्थिरता रहने भएकाले लगानीकर्ता हतोत्साही हुने क्रम बढ्छ।

जानकारी तथा लेखहरु