फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हिमाल पारिको जिल्ला मुस्ताङमा पेट्रोल र नुनखानी भेटियो

(GMT+08:00) 2016-06-30 18:45:01

युरेनियम अन्वेषण, पेट्रोलियम पदार्थ र नुनको खानी अध्ययन गर्न मुस्ताङ पुगेको नेपालको सरकारी टोलीले आफ्नो अध्ययन पूरा गरेको छ। उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा वि.सं 2070/71 सालमा गरिएको प्रारम्भिक अन्वेषणबाट पत्ता लागेको युरेनियमको अध्ययनमा थप नयाँ तथ्य फेला परेको टोलीले दाबी गरेको राष्ट्रिय समाचार समितिले लेखेको छ।

त्यस्तै, मुक्तिनाथ क्षेत्रमा पेट्रोलियम पदार्थको भण्डार र छुसाङ गाविसको तेताङमा नुनको खानी रहेको सरकारले औपचारिक रुपमा पुष्टि गरेको छ। खानी तथा भूगर्भ विभागले वि.सं 2070/71 मा गरेको प्रारम्भिक अन्वेषणमा लोमान्थाङ क्षेत्रमा 10 किमि लम्बाइ र तीन किमि चौडाइमा युरेनियम भेटिएको थियो।

'युरेनियमका विषयमा नयाँ र सकारात्मक तथ्य फेला परेका छन्, यसले हामीलाई थप उत्साहित बनाएको छ", खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् धर्मराज खड्काले भन्नुभयो,'समग्रतामा यसमा धेरै प्रगति देखिएको छ, युरेनियमको परिमाण धेरै र गुणस्तर पनि उत्कृष्ट खालको भेटिएको छ।' युरेनियमलाई इन्धन र परमाणु हतियार निर्माणका लागि कच्चापदार्थका रुपमा प्रयोग गर्न सकिन्छ। नेपालमा युरेनियम अन्वेषण र उत्खनन गर्न कानुन अभाव रहेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराइएको भूगर्भविद् खड्काले जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु