फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती ओपेराको मुकुण्डोको रहस्य

(GMT+08:00) 2016-07-29 10:24:30

सोदेन साधनको प्रयोगबाट तिब्बती ओपेरा मुकुण्डोको बाहिरी भागमा राखिने कपडालाई मिलाउँदै।

साठी वर्षीय सोदेनले बनाएको मुकुण्डो सामान्य होइन।

'मैले बनाएको मुकुण्डो एक हजार वर्षसम्म पनि प्रयोग गर्न सकिन्छ।' सोदेनले भने। सोदेन चीनको सछुआवान प्रान्तको कानच तिब्बती प्रिफेक्चर डेगे जिल्लामा कपडाबाट बनाइने तिब्बती ओपेरा मुकुण्डोको उत्तराधिकारी हुन्। उनले ती जीवन्त मुकुण्डोहरु घाँसेमैदानमा राखिने पुरानो पालबाट बनाएका हुन्।

बितेका 45वर्षमा, सोदेनले जम्मा गरी एक हजार भन्दा बढी तिब्बती ओपेरा मुकुण्डो बनाएका छन्। शाक्यमुनी, केसार राजाका असी जना जनरलहरुको मुकुण्डो आदि छन्। साथै बौद्ध धर्मलाई तिब्बतमा भित्र्याएका गुरु पद्मसम्भव र तिब्बती बौद्ध धर्मका भगवानका संरक्षकहरु पनि समेटिएको छ।

1 2 3
जानकारी तथा लेखहरु