फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गत आर्थिक वर्षमा नेपालमा सबैभन्दा धेरै चिनियाँ लगानी भित्रियो

(GMT+08:00) 2016-07-29 18:03:31

        नेपालको उद्योग विकागबाट प्राप्त तथ्याङ्क अनुसार सन् 2015-2016 आर्थिक वर्षमा नेपालले चौध करोड अमेरिकी डलरको प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गरेको छ। यो लगानी रकममध्ये चीनबाट प्रत्यक्ष रुपमा पाँच करोड सत्तरी लाख अमेरिकी डलर लगानी भित्रिएको छ भने नेपालको गत आर्थिक वर्षमा चीन सबैभन्दा ठूलो प्रत्यक्ष वैदेशिक लगानी मुलुक बनेको छ।

         यसका अतिरिक्त गत आर्थिक वर्षमा नेपालमा दर्ता गरिएका वैदेशिक लगानीका औद्योगिक र व्यावसायिक उद्योगको संख्यामा पनि सबैभन्दा धेरै चिनियाँ लगानीकै रहेका छन्। यसप्रति नेपालको उद्योग मन्त्रालयका प्रवक्ता रुद्र बहादुर मल्ले बताउनु भएअनुसार नेपाल र चीनबीचको सम्बन्ध अझै घनिष्ट भैरहेको छ र चीनले नेपालमा लगानी बढाएको छ। बितेका केही वर्षयता चीनको अर्थतन्त्र उच्च गतिले बढ्दै गएपछि झन बढी चिनियाँ लगानीकर्ताले उत्पादन क्षमता र पूँजीलाई नेपालमा भित्र्याउन इच्छा देखाएका छन्।

जानकारी तथा लेखहरु