फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जोहनसबर्ग शिखर सम्मेलनको परिणाम कार्यान्वयन बैठकलाई राष्ट्राध्यक्ष सीको शुभकामना

(GMT+08:00) 2016-07-29 18:03:57

        चीन अफ्रिका सहयोग मञ्च जोहनसबर्ग शिखर सम्मेलनअन्तर्गत परिणाम कार्यान्वयन समन्वयकर्तास्तरीय बैठक पैचिङ्गमा सुरु भयो। चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले बैठकलाई बधाइ-पत्र पठाउँदै सफलताको शुभकामना व्यक्त गर्नुभएको छ। उहाँका अनुसार गत वर्षको डिसेम्बरमा आयोजना भएको अफ्रिका सहयोग मञ्च जोहनसबर्ग शिखर सम्मेलनले चीन र अफ्रिकाबीचको साझा हित तथा संयुक्त विकासको नयाँ युग खुला गरेको थियो। यी दुबै पक्षबीचको सम्बन्ध विकास भएको प्रक्रियामा कोसेढङ्गाको भूमिका सिर्जना गरेको देखिन्छ। आधा वर्षदेखि दुबै पक्षले आपसी घनिष्ट सहयोगलाई मजबुत बनाउँदै शिखर सम्मेलनमा पाइएका शृङ्खलाबद्ध सहमतिलाई व्यवहारमा उतार्दै आएका छन्। यसबाट चीन अफ्रिकाबीचको सक्रिय तथा शक्तिशाली सहयोगात्मक शक्ति देखापरेको छ।

         राष्ट्राध्यक्ष सीले जोड दिनुभएअनुसार चीनले अफ्रिकासँगको सम्बन्धलाई उच्च ध्यान दिँदै वास्तविक तथा सदिच्छापूर्ण धारणाले खास तथा प्रभावकारी रुपमा शिखर सम्मेलनका विविध उपलब्धिलाई व्यवहारमा उतार्दै जाने आशा लिएको छ।

जानकारी तथा लेखहरु