फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतलाई सहयोग गर्ने नयाँ क्याडरहरु

(GMT+08:00) 2016-07-29 18:12:44

        तिब्बतलाई सहयोग गर्ने केन्द्रीय र राष्ट्रिय एकाइ, केन्द्रीय व्यवसायबाट आएका सातौँ चरणका क्याडरको कार्यावधि अब पूरा हुन लागको छ। हिजो जुलाई अठाइस तारिख उनीहरुको विदाइ समारोह ल्हासामा आयोजना भएको छ। त्यसपछि आठौँ चरणका क्याडरहरु तिब्बत पुग्ने भएका छन्।

        सन् 2013 को जुलाइमा सातौँ चरणका क्याडरहरु तिब्बत पुगेका थिए। तीन वर्षयता उनीहरुले एक हजार नौ सयभन्दा बढी परियोजना चलाएका छन्। उनीहरुले विभिन्न जातिका सर्वसाधारणसँग मिलेर जनजीवनको सुधार, राष्ट्रिय एकता, मेपमिलापको संरक्षण, तिब्बतको सुधार तथा स्थिरताको लागि ठूलो योगदान गरेका छन्।

         प्राप्त जानकारीअनुसार, आउन लागेको आठौँ चरणका क्याडरको संख्या 1 हजार 5 सय 62 रहेको छ।

जानकारी तथा लेखहरु