फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दक्षिण सुडानमा शान्ति स्थापना लागि सबैभन्दा उत्तम उपाय खोज्न चीनको आह्वान

(GMT+08:00) 2016-07-30 15:21:56

        संयुक्त राष्ट्र संघका लागि चीनका स्थायी प्रतिनिधि लिउ च्ये यीले हिजो जुलाई उनन्तीस तारिख दक्षिण सुडानमा राष्ट्रिय सार्वभौमिक्ताका आधारमा शान्ति स्थापनाका लागि सबैभन्दा उत्तम उपाय खोज्न आह्वान गर्नुभयो। उहाँले स्थानीय शान्ति सुरक्षामा खटिने व्यक्तिको सुरक्षालाई प्रभावकारी बनाउन पनि आह्वान गर्नुभयो।

        दक्षिण सुडान सम्बन्धी संयुक्त राष्ट्र संघको विशेष टोलीको कार्यावधि समय विस्तार गर्न संयुक्त राष्ट्र संघले एउटा निर्णय पारित गरेको छ। निर्णयपछि प्रतिनिधि लिउले चीनले दक्षिण सुडानको परिस्थितिप्रति उच्च ध्यान दिएको, दक्षिण सुडानका विभिन्न पक्षलाई युद्ध विराममा वचनबद्धता पालना गर्नका लागि "दक्षिण सुडान भिडन्त समाधान अन्त्य गर्ने सम्झौता"लाई कार्यान्वयन गरी राष्ट्रिय विकास गर्न आह्वान गर्नुभयो।

        उहाँले हालै दक्षिण सुडानमा खटिएको शान्ति सुरक्षाको विशेष टोलीमाथि आक्रमण भएको र चीनका दुइ जना शान्ति सुरक्षाकर्मीको मृत्यु भएको उल्लेख गर्नुभयो। चीनले संयुक्त राष्ट्र संघको शान्ति सुरक्षा कारवाहिलाई निरन्तर रुपमा समर्थन गरिरहेको र अन्तर्राष्ट्रिय शान्ति मामिलामा झन् ठूलो योगदान दिने पनि उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु