फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ब्राजिलका कार्यवाहक राष्ट्रपतिद्बारा हाङचौ शिखर सम्मेलनप्रति उच्च ध्यान

(GMT+08:00) 2016-07-30 15:22:49

        ब्राजिलका कार्यवाहक राष्ट्रपति मिछेल टेमरले हिजो जुलाई उनान्तीस तारिख राष्ट्रपति भवनमा आयोजित पत्रकार सम्मेलनमा चीनको हाङचौमा आयोजना हुने बीस मुलुक समूहको शिखर सम्मेलनलाई ध्यान दिएको बताउनुभयो।

        उहाँले विश्वले हालै ब्राजिलमा भइरहेको राष्ट्रपति महाअभियोग सम्बन्धी विषयमा चिन्ता व्यक्त गरेको पनि उल्लेख गर्नुभयो। बीस मुलुक समूहको हाङचौ शिखर सम्मेलनका अवसरमा ब्राजिलले आफ्नो छविलाई परिवर्तन गर्न सक्ने उहाँले उल्लेख गर्नुभयो।

         रियो दि जेनेरियोमा भएका हिंसात्मक घटना र हुनसक्ने आतंकबादका घटनाबारे चर्चा गर्दै उहाँले यस पटकको ओलम्पिक खेलकुदलाई पूर्ण सुरक्षित र सफल बनाउने बताउँदै विदेशी खेलाडी र पर्यटकहरुले चिन्ता गर्न आवश्यक नरहेको उल्लेख गर्नुभयो।

जानकारी तथा लेखहरु