फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका परराष्ट्र मन्त्री तथा विभिन्न अफ्रिकी मुलुकका विदेशी मन्त्रीबीच भेटघाट

(GMT+08:00) 2016-07-30 15:23:17

        चीनका परराष्ट्र मन्त्री वाङ यीले हिजो जुलाई उन्नान्तीस तारिख चीनमा आयोजित चीन-अफ्रीका सहयोग मञ्च जोहान्सबर्ग शिखर सम्मेलनका उपलब्धि कार्यान्वयन बैठकमा भाग लिन आएका दक्षिण अफ्रिकी विदेश मन्त्री मैते न्कोआना माशाबाने, गाबोनका विदेश मन्त्री इमानुएल इसोजे गोन्डेट लगायत बेनेन, जिबौटी, दक्षिण सुडान तथा अल्जेरियाका विदेश मन्त्रीहरु एवम् अफ्रीकी संघ तथा अरबेली संघ मामिला मन्त्रीसँग बेग्ला बेग्लै रुपमा भेटघाट गर्नुभएको छ।

         चीनका परराष्ट्र मन्त्री वाङ यीले ती छवटा मुलुकका विदेश मन्त्रीसँग द्बिपक्षीय सम्बन्ध तथा साझा अभिरुचि भएका अन्तर्राष्ट्रिय एवम् क्षेत्रीय विषयबारे बैचारिक आदानप्रदान गर्नुभएको छ। चीनका राष्ट्राध्यक्ष सीले चीन-अफ्रिका सहयोग मञ्चमा सार्वजनिक गर्नुभएको अफ्रिकाप्रति चीनको नीति सम्बन्धी नयाँ विचारहरु तथा कदमहरु चीन तथा अफ्रिकाका 2 अर्ब 40 करोड जनतालाई लाभान्वित क्षेत्रमा सारिरहेको बताइएको छ। चीनले अफ्रिकाको आत्म विकास क्षमतालाई उकास्न तथा अफ्रिकामा दीर्घकालीन शान्ति तथा दिगो विकासलाई साकार तुल्याउन चीनले अफ्रिकालाई सहयोग दिँदै जाने इच्छा पनि परराष्ट्र मन्त्री वाङले व्यक्त गर्नुभएको छ।

         ती अफ्रिकी मुलुकका विदेश मन्त्रीहरुले चीनबाट प्रस्तुत चीन-अफ्रिका सहयोग मञ्च जोहान्सवर्ग शिखर सम्मेलनका उपलब्धि कार्यान्वयन बैठकको उच्च मूल्याङ्कन गर्दै चीन-अफ्रिका 'दशवटा सहयोग योजना'को कार्यान्वयन अवस्थाप्रति पनि सन्तोष गर्नुभएको छ। चीनसँग मिलेर आपसी सम्बन्धलाई नयाँ चरणमा पुर्‍याउने आशा पनि उहाँहरुले व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु