फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यस साताका दक्षिण एशियाका मुख्य समाचार

(GMT+08:00) 2016-07-30 15:23:49

        जुलाई चौब्बीस तारिख बेलुकी, नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा बुझाएर संसदलाई सम्बोधन गर्दै आफूले राजीनामा गरेको घोषणा गर्नु भएको छ।

        छब्बीस तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता लु खाङले चीनले नेपालको स्थितिको परिवर्तनमा ध्यान दिएको भन्दै छिमेकी र साथीको रुपमा रहेको चीनले नेपालका विभिन्न पार्टीले राष्ट्रिय र जातीय हितलाई प्राथमिकतामा राखेर नेपालको स्थिरता र विकासका लागि कोशिश गर्ने आशा लिएको बताउनुभयो। उहाँले चीन र नेपाल एकैपक्षमा रहेको र अन्तर्राष्ट्रिय तथा आ-आफ्नो आन्तरिक स्थितिको जसरी परिवर्तन भए पनि चीन-नेपाल मैत्रीपूर्ण र आपसी हितयुक्त सहयोग गर्ने रणनीति परिवर्तन नहुने कुरा व्यक्त गर्नुभयो।

        नेपालको उद्योग विभागबाट प्राप्त तथ्याङ्क अनुसार सन् 2015-2016 आर्थिक वर्षमा नेपालले चौध करोड अमेरिकी डलरको प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गरेको छ। यो लगानी रकममध्ये चीनबाट प्रत्यक्ष रुपमा पाँच करोड सत्तरी लाख अमेरिकी डलर लगानी भित्रिएको छ भने नेपालको गत आर्थिक वर्षमा चीन सबैभन्दा ठूलो प्रत्यक्ष वैदेशिक लगानी मुलुक बनेको छ। यसका अतिरिक्त गत आर्थिक वर्षमा नेपालमा दर्ता गरिएका वैदेशिक लगानीका औद्योगिक र व्यावसायिक उद्योगको संख्यामा पनि सबैभन्दा धेरै चिनियाँ लगानीकै रहेका छन्।

          सत्ताइस तारिख भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीले बेलायती प्रधान मन्त्री थेरेसा मैसँग टेलिफोन वार्ता गर्दै आपसी सम्बन्धको प्रवर्द्धन गर्ने इच्छा व्यक्त गर्नुभएको छ। टेलिफोन वार्तामा थेरेसा मैले मोदीसँग द्बिपक्षीय सम्बन्धको विकास तथा अन्तर्राष्ट्रिय चुनौतीको संयुक्त सामना गर्ने लगायतका विविध किसिमका सहयोग गर्ने आशा पनि प्रकट गर्नुभएको छ।

         छ्बीस तारिख विहान सबेरै बंगलादेशको राजधानी ढाकाका प्रहरीले स्थानीय सशस्त्र शक्तिको बस्तीमा छापा मार्दा गोली हानाहान भयो र नौ जना सशस्त्र व्यक्ति मारिएका छन्। मारिएका तत्वहरु स्थानीय बंगलादेश पवित्र युद्ध सम्मेलनका सदस्य भएको प्रहरीले जनाएको छ।

जानकारी तथा लेखहरु