फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-अफ्रिका सहयोगको नयाँ तरिका खोज्दैः वाङ यी

(GMT+08:00) 2016-07-30 15:35:05

        चीन-अफ्रीका सहयोग मञ्च जर्हानस्बर्ग शिखर सम्मेलनको उपलब्धि कार्यान्वयन बैठकको परिधि, स्तर तथा उपलब्धि पहिले सोचेकोभन्दा अझ राम्रो भएको छ। अफ्रिकी मुलुकका एक सयजना मन्त्री स्तरीय पदाधिकारीले सो बैठकमा भाग लिनुभएको तथ्यबाट चीनका राष्ट्राध्यक्ष सीले गत वर्षको अन्तमा आयोजित चीन-अफ्रिका सहयोग मञ्चमा प्रस्तुत गर्नुभएको चीन-अफ्रिका सहयोग सम्बन्धी नयाँ विचार विशेष गरी 'दशवटा ठूला सहयोग योजना' नै अफ्रिकी मुलुकको विकासको मागसँग मेल खाएको र ती अफ्रिकी मुलुकहरुबाट सकारात्मका प्रतिक्रिया पाएको जनाइएको छ। चीनका परराष्ट्र मन्त्री वाङ यीले हिजो उन्नान्तीस तारिख पैचिङमा चीन-अफ्रिका सहयोग मञ्च जोहन्सबर्ग शिखर सम्मेलनको उपलब्धि कार्यान्वयन बैठकपछि पत्रकारसँग कुराकानी गर्दै उक्त कुरा बताउनुभएको हो।

         यस पटकको परिणाम कार्यान्वयन बैठकपछि चीन-अफ्रिका बीच प्रशस्त सहयोग सम्झौता सम्पन्न भएको छ। तीमध्ये अधिकांश लगानी सहयोग रहेका छन्। यसबाट हेर्दा लगानी सहयोग नै आपसी सहयोगलाई अघि बढाउने नयाँ जीवन्त शक्ति बनिरहेको ठहर पनि परराष्ट्र मन्त्री वाङ यीले गर्नुभएको छ।

जानकारी तथा लेखहरु