फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र पाकिस्तानबीच सातौँ रणनीतिक वार्ता

(GMT+08:00) 2016-08-23 18:43:12

चीन-पाकिस्तान सातौँ रणनीतिक वार्ता अगष्ट 22 तारिख पैचिंगमा आयोजना भएको छ। चीनका परराष्ट्र मन्त्री वाङ यीले उक्त रणनीतिक वार्तामा सहभागी पाकिस्तानी विदेश मन्त्रालयका सचिव अइजाज अहमत चौधरीसँग भेटघाट गर्नुभएको छ। चीनका परराष्ट्र मन्त्रीका सहायक खुङ्ग सिउआन यौले पनि चौधरीसँग भेटवार्ता गर्नुभएको छ।

दुई पक्षले चीन र पाकिस्तानको समग्र रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धको उच्च मूल्याङ्कन गरेका छन्। दुई मुलुकका नेताहरुद्वारा प्राप्त गरिएको सहमतिलाई सक्रियताका साथ अगाडि बढाउने, द्विपक्षीय आदान-प्रदानलाई बढाउने, चीन-पाकिस्तान आर्थिक करिडोरको निर्माणलाई सक्रियताका साथ अगाडि बढाउने, विभिन्न क्षेत्रको व्यावहारिक सहयोगलाई सबल पार्ने कुरा व्यक्त गरेका छन्।

चीनले पाकिस्तानलाई राष्ट्रिय स्वतन्त्रता, सर्वभौमिकता र भूभागको अक्षुण्णताको संरक्षण गर्न समर्थन दिने कुरा व्यक्त गरेको छ। पाकिस्तानले चीनको केन्द्रीय र ठूलो हितसित सम्बन्धित समस्याहरुमा दृढताका साथ समर्थन दिने कुरा दोहोर्‍याएको छ। दुई पक्षले साझा अभिरुचिका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय समस्याहरुबारे वैचारिक आदान-प्रदान गर्नुभयो।

जानकारी तथा लेखहरु